युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बुटवल कालिकानगरमा एस-डि-ए चर्च नेपालको नयाँ चर्चको उद्घाटन

लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा  एस-डि-ए चर्च नेपालको नयाँ शाखा चर्चको औपचारिक उद्घाटन सम्पन्न भएकाे छ।

उद्घाटन समारोहमा एस-डि-ए चर्च लुम्बिनी प्रदेशका अध्यक्ष खेम विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख आतिथ्यका रूपमा एस-डि-ए चर्च नेपालका केन्द्रीय अध्यक्ष डा. सिलास दिन-दियालको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि दियालले रिबन काटी चर्चको औपचारिक उद्घाटन गरे ।

समारोहमा एस-डि-ए चर्च लुम्बिनी प्रदेश समितिका सदस्यहरू, बागमती प्रदेश प्रमुख पास्टर श्यामुएल शर्मा, स्थानिय विश्वासी, पत्रकार तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै पास्टर श्यामुएल शर्माले उक्त साख चर्च अब आउने दिनमा बुटवलकै एक शक्तिशाली र प्रभावशाली चर्चको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

केन्द्रीय अध्यक्ष डा. दिन-दियालले बुटवल क्षेत्रमा विभिन्न चर्चहरू सक्रिय भए पनि एस-डि-ए चर्चको सेवा, सत्यको शिक्षा, र नेतृत्वको खाँचो अझै रहेको बताउँदै, यो चर्चले सिङ्गो समाज र सहरमा सुसमाचारको उज्यालो फैलाउने बताए। साथै, उनले चर्चलाई “सबैको आशाको केन्द्र” र “छुटकाराको स्थल” को रूपमा परिभाषित गरे।

यस चर्चको अगुवाइ मिसनरी रचना मोक्तान र ग्यानबहादुर मुक्तानले गर्ने छन् भने सुसमाचार प्रचारमा प्रकाशचन्द्र घिमिरेको सहजकर्ता भूमिका रहने जानकारी दिइएको छ।

कार्यक्रममा एल्डर श्याम घर्ती मगरले उक्त चर्चको स्थापना लामो समयदेखि गरिएको प्राथनाको प्रतिफल भएको भन्दै धन्यवाद ज्ञापन गरे ।

साख चर्चको स्थापना सँगै बुटवलको धार्मिक, सामाजिक तथा आत्मिक विकासमा थप योगदान पुग्ने विश्वास गरिँदैछ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित