रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइयाे

बुटवल, असार १३ । रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइएको छ ।

श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीले शुक्रबार बुटवलमा कार्यक्रम गरी श्रवण दृष्टिीबिहीन दिवस दिवस मनाउदै शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो । संयुक्त राष्ट्रसंघ महासभाले १६ जुन सन् २०२५ अर्थात २०८२ असार १ गते सर्वसम्मत रुपमा ए÷७९÷एल.९२ प्रस्ताव पारित गर्दै जुन २७ लाई अन्तर्राष्ट्रिय श्रवण दृष्टिबिहीन दिवसको रूपमा घोषणा गरेको छ ।

कार्यक्रममा बोल्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र, रूपन्देहीका शिक्षा अधिकृत दीपक माझीले श्रवण दृष्टिबिहीन व्यक्तिहरुको लागि यो दिवस ऐतिहासिक उपलब्ध भएको बताए ।

अधिकृत माझीले श्रवणदृष्टिबिहीन बालबालिकाका लागि शिकाई केन्द्रहरु थप गर्दै जान आवश्यक रहेकोमा जोड दिए ।

श्रवण दृष्टिबिहीन व्यक्तिहरुको सञ्चारका अधिकार र स्वावलम्बनका लागि आवश्यक सेवा र प्रविधिको पहुँच विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा शान्ति नमूना मावि तिलोत्तमाका सह– प्राचार्य लोकनाथ कंडेल श्रवण–दृष्टिविहिन आवाससहितको विषेश विद्यालय सञ्चालन भइरहेको बताए ।

यस्ता बालबालिकाले पाउनु पर्ने अन्य सबै प्रकारका हक र अधिकार संरक्षण, संवद्र्धनका निम्ति राज्यबाट अझै सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका पञ्जीकरण शाखाका प्रमुख संगिता अर्याल, शिक्षा अधिकृत रेनुका अधिकारी, रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण जिसी, श्रवणदृष्टिबिहीन भएका दीपक कहार लगायतले बोल्दै श्रवण दृष्टिबिहीनको शिक्षा र सामाजिक जीवनमा प्रभावकारी समावेशीकरण गर्न राज्य, नागरिक समाज र समुदायले साझा जिम्मेवारी बनाउन आवश्यक रहेको बताएका थिए ।

श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीका अध्यक्ष रीमा कुमारी पुनको अध्यक्षता, परियोजना संयोजक प्रेम आचार्यको स्वागत तथा शिला घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित