रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

कालिका मानवज्ञान माविका पत्रकारिताका विद्यार्थीहरुलाई प्रदेश सरकारको छात्रवृति

बुटवल । कालिका मानवज्ञान मावि बुटवलमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आमसंचार अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयमा आमसंचार तथा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरु मध्ये २६ जनालाई जनही २५ हजार रुपैयाँको दरले छात्रवृति प्रदान गरिएको हो ।

मन्त्रालयले उपलब्ध गराएको छात्रवृति रकम विद्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ । छात्रवृति वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले राज्यको चौथो अंग संचार क्षेत्रलाई मानिने भएकोले यो क्षेत्रमा आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले २०६५ सालदेखि आमसंचार र पत्रकारिता विषय पढाईरहेको बताए ।

उनले पत्रकारिताका विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिनको लागि विद्यालयमै सुविधासम्पन्न स्टुडियोको निर्माण गरिएको र विभिन्न संचार गृहहरुला लगेर व्यवहारिक तालिम दिने गरिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयले विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृतिहरु प्रदान गरेर विद्यार्थीहरुलाई प्रोत्साहित गरिरहेको अवस्थामा प्रदेश सरकारले समेत विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउदा विद्यार्थीहरुलाई निर्वाध किसिमले आफ्नो पढाई पुरा गर्न र उच्च शिक्षाको बाटो तय गर्न समेत मद्दत पुग्ने बताए ।

आमसंचार तथा पत्रकारिताका विषय प्रमुख शेर बहादुर केसीले प्रदेश सरकारले आमसंचार पढ्ने विद्यार्थीलाई छात्रवृति प्रदान गरेकोमा धन्यवाद दिदै यस्ता छात्रवृतिले विद्यार्थीहरुलाई अध्ययन पुरा गर्न मात्र नभएर पत्रकारिताको क्षेत्रमा आवस्यक दक्ष र जिम्मेवार जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताए । छात्रवृति वितरण कार्यक्रमको संचालन इन्चार्ज बिमल आत्रेयले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित