मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तिलोत्तमाको बजेट २ अर्ब ९२ करोड ९३ लाख

आगामी आर्थिक वर्ष २०८२–२०८३ का लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा सोमबार उपप्रमुख जगेश्वरदेवी चौधरीले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पूँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत विनियोजन गरिएको छ ।

चालु वर्षमा तिलोत्तमाले २ अर्ब ७६ करोड रुपैयाँको बजेट ल्याएको थियो । तिलोत्तमाले आगामी वर्ष आन्तरिक राजस्वतर्फ ३३ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार रुपैयाँ प्राप्त हुने प्रक्षपण गरेको छ ।

तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको परिणात्मक अभिवृद्धि गर्ने, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार लगानी, उद्यमशीलता, रोजगारी, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने बजेट बक्तव्यमा उल्लेख छ ।

यस्तै वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम पहिचान तथा न्यूनीकरण, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, समन्यायिक विकास र विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच कायम गर्ने, समतामूलक समाज र समावेशी विकासलाई अगाडि बढाउने र गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन गर्ने जस्ता कार्यक्रमले बजेटमा प्राथमिकता पाएका छन् ।

‘समृद्ध नगर : सुखी नगरबासी’ भन्ने लक्ष्य हासिल गर्नको लागि बलियो आधार तय गर्नु बजेटको मूल उद्देश्य रहने चौधरीले बताइन् । शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको सर्वाङ्गीण विकास र गुणस्तरमा वृद्धि, सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरबासीमा सुनिश्चित गर्ने, उद्यमशीलताको विकास र नवप्रर्वतनमा आधारित योजनमार्फत रोजगारी सिर्जना गर्ने, वातावरण, विपद् व्यवस्थापन क्षेत्रमा लगानी वृद्धि गरी समुन्नत र सुरक्षित नगर निर्माण गर्ने बजेटमा बक्तव्यमा उल्लेख गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित