भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

गुल्मीको स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-६ स्थित सिस्तुङका कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकीकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो ।

२५ किलोग्रामको बोरामा प्याक गरिएको चामललाई धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक कार्यक्रमकाबीच चामल प्याकेजिङ कार्यको शुभारम्भ गरेका हुन् ।

यस कार्यमा धुर्कोट गाउँपालिकाको सक्रिय सहयोग तथा हेफर नेपालको प्राविधिक साथ रहेको बताइएको छ । २५ किलाको बोरालाई २ हजार ५ सयमा बेच्ने गरी मूल्य तयार गरिएको छ ।

स्थानीय धानको चामल भएकाले यसको माग धेरै रहेको उनको भनाइ छ । चामल प्याकिङ तथा बजारीकरण शुभारम्भ कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यस कार्यले कृषकहरूको आत्मविश्वास बढाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्ने र उत्पादनलाई व्यवस्थित तरिकाले व्यापारमा रूपान्तरण गर्न सहयोग पुग्ने बताए ।

यो प्रयासले भविष्यमा धुर्कोट गाउँपालिकालाई चामल उत्पादनको ‘हब’का रूपमा चिनाउने मात्र नभइ राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुने उनको भनाइ छ ।

स्थानीय उत्पादनलाई ब्राण्डमार्फत पहिचान दिन सकिने उदाहरणीय पहलका रूपमा ‘धुर्कोटे चामल’ले अबको दिनमा कृषकहरूको भविष्य उज्यालो बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ ।
कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धुर्कोटे चामललाई गाउँपालिकाको गौरवमूलक उत्पादनको रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।

स्थानीय स्तरमा उत्पादित वस्तुलाई पहिचान दिलाउँदै बजार विस्तार गर्ने यो प्रयासले कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै कृषि क्षेत्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको पोखरेलको भनाइ छ ।

अध्यक्ष पोखरेलले धुर्कोटे चामललाई गाउँपालिकाको एक पहिचानको रूपमा स्थापित गर्न सकिने भन्दै यसले कृषकहरूको जीवनस्तर उकास्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । ‘अब हामीले केवल उत्पादनमा सीमित भएर बस्न हुँदैन,उनले भने, ‘बजारसम्म पुर्‍याउने, पहिचान बनाउने र उपभोक्तालाई गुणस्तरीय वस्तु दिन सक्ने स्थितिमा पुग्नुपर्छ, धुर्कोटे चामल त्यसको उदाहरण हो ।’

प्याकेजिङ प्रविधि, लेबल डिजाइन र बजार रणनीति निर्माणमा हेफर नेपालले आवश्यक सहयोग पुर्‍याएको जनाइएको छ । चामललाई नापतौल गुणस्तर विभाग लगायतका सरकारी प्रक्रिया पुरा गरेर बजारमा पठाइएको कृषक मेघनाथ अर्यालले बताए ।

अर्यालका अनुसार उनले अघिल्लो वर्ष यसक्षेत्रमै धेरै ४ सय मुरि धान उत्पादन गरेका थिए । उनले ‘धुर्कोटे चामल’को नामले बजारमा छुट्टै स्थान बनाउने आशा गरेका छन् ।

यसले गाउँमा कृषि व्यवसायीकरण र स्वरोजगार सिर्जनाको सम्भावनालाई थप सशक्त बनाउने देखिएको छ । स्थानीय उत्पादनलाई स्थानीय पहिचानसहित राष्ट्रिय बजारमा पु–याउने उद्देश्यले गरिएको यो प्रयास ग्रामीण अर्थतन्त्र सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानिएको छ ।

अर्यालले आफ्नै करिब ७० रोपनी र भाडामा लिएको ४२ रोपनी क्षेत्रफलमा धान खेती गर्दै आएका छन् । गाउँमा बाँझिदै गरेका खेतीबारी लिजमा लिएर अर्यालले व्यवसायीक रुपमा धान मकै उत्पादनलाई जोड दिएका छन् ।

गएको मंसिर महिनामा अर्यालले पहिलोपटक उत्पादन गरेको ४ सय मुरी धान प्रर्दशन समेत गरिएको थियो । पहाडी क्षेत्रमा एउटै कृषकले सयौं मुरी धान उत्पादन गर्ने कृषक पाइँदैन । तर, अर्यालले उत्पादन गरेर गुल्मीमै चर्चा कमाएका थिए । उनले गरे हेरक कुराको सम्भव रहेको प्रस्तुत समेत गरेका छन् ।

जिल्ला स्थित विभिन्न कार्यालय र जनप्रनिधिबीच उत्पादित थान प्रर्दशनसमेत गरिएको थियो । अर्को वर्ष मकैको आटो र कोदो उत्पादन र खरिद गरेर बिक्री गर्ने सोचमा रहेको उनले बताए ।

भैंसी पालन समेत गरेका अर्यालले उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुँने गरेको बताए । गुल्मीबाट बैदेशिक रोगजारिका लागि कोरियामा मिहिनेतपछि बुटवलमा १६ वर्ष बसेका अर्यालले शहरको सुख्ख छोडेर भैँसी पालन र धान खेतीको व्यवसायलाई अगाल्दै आएका छन् ।

धान खेतीसँगै अर्यालको फममा अहिले माहु भैँसी २२ वटा सहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् । हाल यो फर्मबाट दैनिक १ सय लिटर भैँसीको दूध उत्पादन भइरहेको छ ।

तीन वर्ष पहिले एक करोड बढि लगानीबाट शुरु भएको व्यवसायबाट स्थानीय २० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित