दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

डा. शिला क्षेत्री कार्यरत बरदान क्लिनिकमा अनुगमन टोलीको ताला

बुटवल । प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. शिला क्षेत्री कार्यरत बरदान क्लिनिक दर्ता विनानै सञ्चालन भएको पाइएपछि अनुगमन टोलीले ताला लगाइदिएको छ ।
डा. शिला क्षेत्री बुटवलमा प्रसुती तथा स्त्रीरोग क्षेत्रमा कहलिएको नाम हो । उनीबाट सेवा लिन २/३ दिन अगाडि नै नाम लेखाउनुपर्छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले अनुगमन गर्दा क्लिनिक दर्ता नभई सञ्चालन भएको भेटिएपछि ताला लगाएको हो । फार्मेसी भने खुल्ला छ ।

रुपन्देहीका सहयाक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाले बरदान क्लिनिक प्रा.लिको ओपीडि, ल्याव, भिडियो एक्सरे बन्द गराइएको बताए । ‘दर्ता विना नै सञ्चालन भएको भेटिएपछि ताला लगाएका छौ । आवश्यक दर्ता प्रक्रिया पुरा गरेर आएपछि मात्र ताला खुल्नेछ’ उनले भने । बरदान क्लिनिकका सञ्चालक डा. मिलन अधिकारी हुन । लामो समय देखि बुटवलमा निःसन्तानहरुका लागि बरदानले सेवा दिदै आएको भएपनि दर्ता विना नै सञ्चालनमा रहेको भेटिएपछि क्लिनिकमा ताला लागेको हो ।

बरदान सहित बुटवलमा विहिबार गरिएको अनुगमनमा ६ वटा क्लिनिकहरु दर्ता विना सञ्चालनमा रहेको भेटिएपछि अनुगमन टोलीले बन्द गराएको थियो । त्यस्तै बुटवल डेण्टल प्रा.लि पनि दर्ता विना नै सञ्चालन भएको भन्दै अनुगमन टोलीले बन्द गराएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित