३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवलको कालिकानगरमा एफडी मोटर्सको छैटौँ शाखा शुभारम्भ

  • ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक
  • बुटवल । एफडी मोटर्सले बुटवलमा आफ्नो छैटौँ शाखा बिस्तार गर्दै आइतबार नयाँ स्कुटर सार्वजनिक गरेको छ । बुटवल-१० कालिकानगरमा शुभारम्भ भएको सोरुममा ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक गरिएको हो ।

    एफडीको शोरुम शुभारम्भ तथा स्कुटर सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवलमा लगानीको प्रशस्त सम्भावना रहेको दाबी गर्दै निजी क्षेत्र तथा व्यवसायीक प्रतिष्ठानहरुलाई यहाँ लगानी गर्नका लागि आह्वान गरे । लगानीको वातावरण निर्माणका लागि उपमहानगरले आवश्यक सहजीकरण र व्यवस्थापनका लागि तयार रहेको बताउँदै उनले बुटवलमा लगानीको उत्कृष्ट वातावरण बन्दै गएको उल्लेख गरे ।

    एफडी कम्पनीका प्रवन्ध निर्देशक सुजन ढुँगेलले नेपालका विभिन्न शहरहुँदै बुटवलमा शाखा बिस्तार गरिएको जानकारी गराए । बुटवलमा पहिलो पटक सार्वजनिक गरिएका एफ-५ ए प्रो स्कुटरको विशेषता बारे जानकारी गराउँदै पहाडको बाटोका लागि समेत उपयुक्त भएको दाबी गरे । एक पटक फूल चार्ज भएपछि १२० देखि १५० किलोमिटरसम्म माइलेज दिने एफ-५ ए प्रोमा गतिका लागि २० किलोमिटर, ५० र ७५ किलोमिटर प्रतिघण्टा गरी ३ वटा अप्सनमा राखेर चलाउन सकिने जानकारी गराए । ग्राउण्ड क्लिरियन्स समेत अन्य विद्युतीय स्कुटरभन्दा बढी यसमा २० सेन्टिमिटर हाइट भएकाले पहाडको बाटोमा समेत यात्राका लागि सहज हुने कम्पनीको दाबी छ ।

    कार्यक्रममा बोल्दै एफडी मोटर्स बुटवलका अध्यक्ष विनय महर्जनले बुटवलमा शोरुम सञ्चालनमा आउनासाथ करिब ८/९ जनाले बुकिङ गरिसकेकाले बजार उत्कृष्ट रहने उल्लेख गरे । फरक प्रसँगमा उनले निजी क्षेत्र लगानीका लागि सधै तयार भएपनि सरकार अनुसार फेरिरहने फरक-फरक नीतिले आफूहरु मारमा पर्नेगरेको गुनासो गरे । शोरुमका म्यानेजर अर्जुन खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित