तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गौतम बुद्ध विमानस्थलमा भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति संयोजकमा खाण

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गर्न गठित उपसमितिको संयोजकको जिम्मेवारी नेपाली कांग्रेसका सांसद मञ्जु खाणलाई दिइएको छ ।प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसअघि नेकपा एमालेका सांसद योगेश भट्टराईलाई संयोजकको जिम्मेवारी दिएकोमा उक्त जिम्मेवारी बहन गर्न उनले अस्वीकार गरेपछि संयोजकको पद रिक्त भएको थियो ।

आइतबार बसेको उपसमितिको बैठकले खाणलाई संयोजक चयन गर्ने निर्णय गरेको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उपसमिति संयोजकका रूपमा आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।

उपसमितिको सदस्यमा नेकपा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट श्यामकुमार घिमिरे र मञ्जु खाण, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।

सार्वजनिक लेखा समितिले करिव एक वर्ष अघि २०८१ जेठ २७ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सम्पन्न भएका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुँदा पनि सञ्चालनमा आउन नसकेको तथा निर्माणमा त्रुटि रहेको उजुरी परेको भन्दै स्थलगत अध्ययन तथा अनुगमन गर्न उपसमिति गठन गरेको थियो ।

त्यसै दिन राप्रपा सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका अनियमितता र भ्रष्टाचार छानबिन गर्न पनि उपसमिति गठन गरेको थियो । लिङदेन नेतृत्वको उपसमितिले भने पोखरा विमानस्थल निर्माणका क्रममा कम्तीमा १० अर्ब रकम भ्रष्टाचार भएको ठहरसहित त्यसमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिससहित प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाइसकेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित