कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि यसकाे नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् । बराल माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार समेत थिए ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

अध्यक्ष पदमा नरहे पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र सहिदहरूको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गरेको विज्ञप्तिमा उल्लेख छ । उनले विविध कमीकमजोरीका बाबजुद गठबन्धन सामान्यतः सफल भएको समेत उल्लेख गरेका छन् ।

पार्टीले पराजय भोग्नुका पछाडि प्रदेशसभा समानुपातिक तर्फको उम्मेदवार सुची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फका सिट बाडफाट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको, उम्मेदवार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तर्विरोधलाई यथासमयमा सम्बाेधन गर्न नसकेकोलगायत कारण बरालले उल्लेख गरेका छन् ।

०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो । यसपटक कांग्रेस सहितको सत्ता गठबन्धनमा रहँदा माओवादी केन्द्रले पाँच सिट मात्र जितेको छ । प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री रहेका बराल माओवादी केन्द्रभित्र इमान्दार, स्वच्छ छबी र वाैद्धिक नेतामा पर्छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित