युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।

विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्धता रहेको बताएका हुन् ।

प्रत्येक वर्ष मे १ तारिखमा मनाइने विश्व मजदुर दिवस श्रमिकको पेशागत मर्यादा, सम्मान र अधिकारको प्रत्याभूति गराउने दिवसको रूपमा स्थापित भएको उल्लेख गर्दै यसले विश्वभरका श्रमिकहरूलाई हकहित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताबद्ध गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

उनले नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारी र श्रमको हक सुनिश्चित गर्नुका साथै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई सुनिश्चित गरेको कुरामा जोड दिए।

त्यस्तै, समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नहुने संवैधानिक प्रावधानको स्मरण गराउँदै उनले सबै श्रमिकहरूका हक अधिकार सुनिश्चित गर्न समानताको हकले समेत ग्यारेन्टी दिएको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्दै प्रदेशको समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भरताको लक्ष्यलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले उद्यमशीलताको माध्यमबाट समुदायस्तरमा पूँजीको विकास गर्दै स्थानीय उत्पादनको कार्यमा सबैलाई जोड्न आवश्यक रहेको औंल्याउँदै यस अभियानलाई अघि बढाउन उद्यमी तथा श्रमिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने स्पष्ट पारे।

मुख्यमन्त्रीले आचार्यले मर्यादित श्रमको वातावरण निर्माण गर्दै उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले आवश्यक नीतिगत व्यवस्था गर्दै तिनको कार्यान्वयनमा समेत सक्रियता देखाइरहेको उल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित