युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

नेकपा एकिकृत समाजवादी बुटवल अध्यक्षमा चिनबहादुर गुरुङ निर्वाचित

बुटवल । नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन । शनिबार अवेर सकिएको निर्वाचनमा गुरुङ पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।

अधिबेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिम बहादुर क्षेत्री, उपसचिवद्धयमा शेरजंग गुरुङ्ग (इश्वर) र शिबकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यी कमिटि सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचितहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शूभकामना दिदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गरे ।

उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिती रहेको थियो ।

यसअघि अधिवेशन उदघाटन समारोहमा बुटवल वडा न ११ का रमेश परियारले एमाले परित्याग गरि तथा श्याम सुनार नेपाली काग्रेस परित्याग गरि नेकपा एसमा समाहित भएका थिए । उनीहरुलाई पार्टी सचिव पाण्डेयले टिका लगाएर स्वागत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित