रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

नेकपा एस बुटवल उपमहानगरको अधिवेशन शनिबार

बुटवल । नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष चिनबहादुर गुरूङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले ठूला भनिएका दलहरुकै कारण मुलुकमा यथास्थिती र पुर्नउत्थानबादी शक्तिहरु सलबलाउन थालेको बताए । सत्तासिन दलहरुको असफलता र अर्कमण्यका कारण पुर्नउत्थानवादी शक्तिहरुले असन्तुष्टहरुबाट शक्ति सञ्चय गर्न कोसिस गरेको बताए । उनले दलहरुविच ऐजेन्डाका आधारमा गठबन्धन गर्ने र सरकारमा पनि सोही अनुसार जानुपर्नेमा अहिले स्वार्थ केन्द्रीत भएको बताए । जनताको आवश्यकता र जनजिविकाका सवालमा मुख्यसत्तासिन दलहरुले ध्यान नदिदा नागरिकमा असन्तुष्टि बढेको उनको भनाई छ ।

केन्द्रीय सदस्य भट्टराईले मुलुकमा देखा परेको राजनीतिक संकटबाट अगाडि बढ्नका लागि अब सुशासन र रोजगारी नै प्रमुख ऐजेन्डा हुनुपर्ने बताए । उनले नेकपा एकिकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुद्धालाई स्थापित गर्ने गरी आन्दोलनको तयारीमा रहेको समेत बताए । उनले सुशासन र रोजगारीका लागि सम्पूर्ण शक्तिहरुलाई एकिकृत गरी राष्ट्रिय सम्मेलन मार्फत आफूहरुले आन्दोलनको नेतृत्व गर्ने बताए । ‘हामी आन्दोलनको चरणमा छौं, हामी सबै क्षेत्रबाट सुझाव लिएर सुशासन र रोजगारीका बिषयमा सबैलाई एकजुट बनाएर जाने तयारीमा छौं’ उनले भने ।

उक्त अवसरमा बुटवल उपमहानगरपालिकाका १९ वटा वडाबाट ६५४ प्रतिनिधिहरुले पार्टीको नेतृत्व चयन गर्ने जानकारी दिइएको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ जना गरी ६३ सदस्यीय उपमहानगर कमिटि चयन गरिने सचिव लोकराज शर्माले बताए । पत्रकार सम्मेलनमा स्वागत गर्दै पार्टीका नगरउपाध्यक्ष रुक्माङगत घिमिरेले उपमहानगर कमिटिको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए ।
पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटि सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित