भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

०८४ सम्म सरकारमा नजाने निर्णयमा नयाँ दृढता पैदा भएको छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं प्रमुखप्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४सम्म सरकारमा नजाने निर्णयमा दृढता पैदा भएको बताएका छन्।

हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा जाने हतारोमा पनि नरहेको बताए।

‘वृद्धवृद्धादेखि युवायुवतीदेखि बालवच्चासम्मले पनि अब हाम्रो भरोसा एकचोटी फेरि माओवादीतिर, माओवादी नेतृत्वतिर, प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजरौं हजार संख्या हामीले जो देख्यौं हुलाकीमार्ग वरीपरी, त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ,’ प्रचण्डले भने, ‘र, सरकारमा २०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा नयाँ दृढता पैदा भएको छ। तपाईंहरुलाई लाग्छ सरकारमा जान हतारो गरेको होला।’

फेरि सरकारमा जाने त्रुटि नगर्ने भन्दै उनले भने, ‘विल्कुल होइन। हामी फेरि एकचोटी सरकारमा गएर त्यो त्रुटी गर्ने पक्षमा छैनौं। यो हामीले भन्नका लागि भनेको होइन। तपाईंहरु भन्नुहुन्छ-कुर्सी प्राप्तिका लागि जे पनि गर्ने।’

प्रचण्डले थपे, ‘कुर्सी प्राप्त गर्नलाई जे पनि गर्ने भए मेरो कुर्सी जानै नै थिएन। म कांग्रेस र एमालेको सर्मथन प्राप्त गरिराख्न सक्थेँ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित