भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवलको ३ किलोमिटर सडक निर्माण सुस्त, बजेट नुहँदा ठेकेदारलाई भुक्तानी दिन कठिनाई

बुटवल । करिब एक दशकअघिबाट थालिएको बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

२०७३ सालमा ठेक्का सम्झौता भए पनि यो तीन किलोमिटर सडक खण्ड ठेकेदारको लापरबाही र अन्य कारणले ढिलाइ भएको भन्दै गत वर्ष नयाँ ठेकेदारसँग सम्झौता गरिएको थियो ।

गत वर्षको असोजमा पुरानो ठेकेदार कञ्चनजङ्घा बिरुवा जेरी काठमाडौँसँग सम्झौता तोडेर सडक विभागले नयाँ ठेकेदार बाबुल दर्शन मालिका जेभीलाई निर्माणको जिम्मेवारी दिएको थियो । तर यसले पनि तोकिएको समयमा काम पूरा गर्न सक्ने सम्भावना न्यून बन्दै गएको छ ।

नयाँ ठेकेदारबाट अपेक्षाकृत काम हुन नसको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले हालसम्म जम्मा २५ प्रतिशत भौतिक प्रगति भएको र रकम पनि डेढ करोड मात्रै लगेको रातोपाटीलाई बताए । ‘सुरुमा जति हल्ला गरिएको थियो, त्योअनुसार ठेकेदारले पछिल्लो समय जाँगर देखाएको छैन,’ उनले भने, ‘असोजसम्म सम्पन्न हुने सम्भावना न्यून छ ।

एक वर्षभित्र काम सक्ने गरी बुटवलको चौराहादेखि गोल पार्कसम्मको ३ दशमलव २५ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न भ्याटसहित ३३ करोडमा ठेक्का लगाइएको थियो ।

यो सडक लामो समयदेखि निर्माणको नाममा भत्काउने तथा निर्माण सामग्री अलपत्रजस्तै राखिने गर्दा बुटवलवासीले हैरानी खेप्दै आएपछि बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले पनि चासो देखाएका थिए ।

संघीय सरकारको बजेटले निर्माण भए पनि समयमा सडक नबन्दा नगरवासीले कष्ट बेहोर्नुपरेकाले विभिन्न निकायमा यसबारे ध्यानाकर्षण गराएको उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नयाँ ठेकेदारबाट समयमा काम हुने अपेक्षा स्थानीयले गरेकाले यसलाई निरन्तरता दिने काम भने सडक कार्यालयको भएको बताए । र जतिसक्दो छिटो सम्पन्न गर्न सम्बन्धित निकायमा दबाब दिने बताए ।

किन पूरा हुन सकेन ?

बुटवल–बेहिलया व्यापारिक मार्गअन्तर्गत भैरहवाको सुनौलीदेखि बुटवलको चिडिया खोलासम्म सडक विस्तार परियोजना सुरु गरिएको हो ।

जसअन्तर्गत बुटवल–बेलियादेखि–चिडिया खोलासम्म पर्ने ६ लेन सडक अहिले चौराहासम्म निर्माण सम्पन्न भइसकेको छ । अन्यत्र काम सकिए पनि बुटवलमा सुरुमा घरधनीहरूले मुद्दा मामिला गर्दा केही वर्ष रोकिएको थियो । अहिले सुनौलीमा ८ सय मिटर सडक बन्न मात्रै बाँकी रहेको सडक कार्यालय बुटवलले जनाएको छ ।

यता बुटवलको चौराहादेखि चिडिया खोलासम्म तीन किलोमिटर सडक निर्माण भने वर्षौँदेखि रोकिएपछि स्थानीयले सास्ती बेहोर्दै आएका छन् ।

यहाँ फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्टका साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ । सडकमै नाइट स्टल राख्न मिल्नेगरी पनि बनाउने योजनाअन्तर्गत काम सुरु भएको छ ।

निर्माणअन्तर्गत चौराहादेखि मिलन चोक ट्राफिकचोकलगायत ठाउँमा फराकिलो बनाएर साना ढुंगा राख्ने काम गरिएको छ । वेला वेला विभिन्न ठाउँमा काम पनि गरिएको देखिएको छ ।

सडक निर्माणमा ढिलाइ हुनुमा बजेट अभाव, नदीजन्य वस्तु नपाएको ठेकेदार कम्पनीको गुनासो छ । स्थानीय तहहरूले नदीजन्य वस्तुको ठेक्का प्रायः जेठ महिनापछि खुलाउने हुँदा समस्यामा परेको गर्दछन्।

अहिले बुटवल आसपासमा नदीजन्य वस्तु अभाव भएको ठेकेदारको भनाइ छ । सडक कार्यालय सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले कार्यालयमा बजेट नभएको कारण ठेकेदारलाई आवश्यक रकम प्रदान गर्न नसकिएको पनि बताए ।

उनले भने, ‘एक त निर्माण कम्पनीको इच्छाशक्ति कम, अर्कोतिर कार्यालयको बजेट अभाव नै हो ।’ हालसम्म ठेकेदार कम्पनीले डेढ करोड रुपैयाँ लगेको छ । उतातिर सुनौलीको ८ सय मिटर ठेक्का सोही कम्पनी भएको उल्लेख गर्दै त्यतातिर पनि ६ करोड ठेक्कामा ३ करोड ५० लाख रुपैयाँ ठेकेदार कम्पनीले लगेको बताए । सडक कार्यालयमा चालु आर्थिक वर्षको बजेट करिब सकिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित