दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

फेरी ल्यायो दिप एजुकेशनले उत्कृष्ट नतिजा

बुटवल । बुटवल–६ स्थित दिप एजुकेशन हव प्रा.लिको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोरिया भाषाको सन् २०२४ को दोस्रो चरणको परिक्षामा उत्र्तिण विद्यार्थीहरुलाई प्रा.लिले एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको हो ।

प्रा.लिका संस्थापक अध्यक्ष दिपक लम्सालले कोरिया भाषाको सन् २०२४ को दोस्रो चरणको परीक्षामा २०७ जना सहभागि भएकोमा १५५ जना उत्र्तिण भएको बताए ।

उनका अनुसार पहिलो चरणको परीक्षामा १६१ विद्यार्थी परीक्षामा सामेल भएकोमा ११९ जना उत्र्तिण भएका थिए ।

स्थापनाको ८ बर्षमै विद्यार्थीहरुको रोजाईमा परेको हवले निरन्तर उत्कृष्ट नजिता ल्याउदै आएको उनंले बताए । विद्यार्थीहरुलाई दैनिक परिक्षाको व्यवस्थाका साथै युविटी परीक्षालाई निरन्तर सञ्चालन गरकै कारण दिप एजुकेशन हवले बर्षेनी सफलता प्राप्त गरेको उनको भनाई छ ।
साथै उनले भाषा परीक्षामा उर्तिण विद्यार्थीहरुलाई कोरियामा नजानुन्जेल नेपालमै आफु सम्बद्ध पेशा व्यवसायीलाई निरन्तरता दिन आग्रह गरे ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश गौडेल विद्यार्थी र शिक्षकको मेहनतले नै दिप एजुकेशनल हवले उत्कृष्ट नजिता ल्याउन सफल भएको बताए ।

कार्यक्रममा भाषा प्रशिक्षक सन्दीप भण्डारी, रामचन्द्र पाण्डे, विद्यार्थीहरु प्रकाश घिमिरे, यादव ज्ञवाली, उमापती ज्ञवाली, महेश कुमार विश्वकर्मा, अनुप चौधरी, चेतन पोख्रेल, रमेश गैह्रे, राजन थापा, आशिष न्यौपाने, तेजबहादुर तामाङ, सुरज पुरी, रमेश विश्वकर्मा, सागरघर्ती मगर, श्याम सुनार, अस्मिता खत्री, लक्षमण क्षेत्री र दिपक सुनारले लगाएतले बोलेका थिए ।

प्रा.लिका व्यवस्थापक डेभिट पाण्डेको स्वागतमा भएको कार्यक्रमको सञ्चालन जि.डी शिखरले गरेका थिए । प्रा.लिले ८ बर्षको अवधिमा १ हजार ५ सय जनालाई कोरिया भाषा परीक्षामा उत्र्तिण गराएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित