भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बधशाला जान अटेर गर्ने बुटवलका मासु व्यवसायी आफैले पसल बन्द गर्दै

बुटवल । खसी, बोकालाई पशु बधशालाबाट अनिवार्य बध गर्नुपर्ने नियमलाई कडाई गर्न थालेपछि बुटवलका मासु व्यवसायीहरुले पसल नै बन्द गर्न थालेका छन् ।

बुटवलमा पछिल्लो समय बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले खसी, बोकाको मासु विक्रि गर्ने मासु पसलमा निरन्तर अनुगमन गरिरहेको छ ।

बुटवल रामनगरमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको अत्याधुनिक पशु बधशालाबाट मात्र खसी, बोकालाई बध गर्नुपर्ने नियमको पूर्ण कार्यान्वयन गर्न अनुगमन समितिले व्यवसायीलाई बारम्बार ताकेता गरेपछि व्यवसायीहरुले मासु पसल नै बन्द गरेका हुन । व्यवसायीहरुले बधशालामा बध गरेको खसी, बोकाको मासु विक्रि नगरेको भन्दै पहिलो चरणमा १० हजार जरिवाना गरेको थियो ।

त्यसपछि दोस्रो चरणमा अनुगमन जांदा अधिकांश खसी, बोकाको मासु विक्रि गर्ने पसल व्यवसायीले बन्द गरेका छन् । बुटवलमा ७ दिन देखि मासु पसलमा निरन्तर अनुगमन भइरहेको छ । बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्याकंन शाखाका ठगिश्वर पोखरेलले बुटवलबासीलाई स्वच्छ मासु खुवाउने अभियान अन्तर्गत सञ्चालन भइरहेको बधशालामा व्यवसायीहरुले खसी, बोका बध गर्नुपर्ने अन्यथा पसल नै बन्द गरिने बताए ।

विहिबार अनुगमन समिति ७ वटा खसी, बोकाको मासु विक्रि गर्ने पसलमा अनुगमनका क्रममा पुगेको थियो । सो क्रममा सवै व्यवसायीहरुले पसलमा पसल बन्द गरेको जानाकारी सहित सूचना टांस गरेका थिए । बुटवल–८ का हलाल मासु तथा माछा पसल, ताहिर माछा मासु पसल, गैरे मासु पसल, बुटवल–७ को द हिमालय क्राउन बुचरी, बुटवल ४ को सोल्टी मासु पसल, बुटवल १० को न्यू रेहमान मासु पसल र रेहान मासु पसलमा अनुगमन टोली पुग्दा पसल बन्द गरेको सूचना व्यवसायीले टांस गरेका थिए । मुक्तिनाथ कृषि कम्पनीको सहायक कम्पनी मुक्तिनाथ लाइभस्टक बैंकले ठेक्का पाएको बधशालामा व्यवसायी तथा उपभोत्तालाई बजार मूल्य भन्दा सस्तो मुल्यमा स्वच्छकर मासु विक्रि गरिरहेको छ । बुटवलका ३ स्थानमा आउटलेट राखेर उसले मासु विक्रि गरेको छ ।

मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष उमेश कुमार आचार्यले चाडवाडको अवसर पारेर मासुको खपतलाई वृद्धि गर्न तथा मासु व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको बताए । उनका अनुसार बधशालाबाट मासु व्यवसायीहरुले प्रतिकेजी रु. ८०० मा प्रशोधित मासु प्राप्त गर्न सक्नेछन् । त्यस्तै व्यवसायीहरुबाट प्राप्त खसीबोका प्रसोधनको लागि उपमहानगरपालिकाले तय गरेको दररेटमा समेत ३० प्रतिशत छुट गरेको र व्यवसायीहरुकोबाट निशुल्क खसीबोका संकलनको व्यवस्था समेत मिलाएको उनको भनाई छ ।

दैनिक १ हजार खसीबोका बध गर्ने क्षमता भएको यस आधुनिक बधशालामा दैनिक २५० देखि ३०० खसीबोका बध भएमा पनि बार्षिक करिव एक लाख खसीबोकाको आवश्यकता पर्दछ । उक्त बराबरको खसीबोकाको खरिद सुनिश्चितताको लागि ग्रामिण क्षेत्रका केही सहकारी तथा बाख्रा उत्पादकसँग यस कम्पनीले सम्झौता गरिराखेको उनले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित