दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

दाङ । लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपिल गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिक विचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।

बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

नवलपरासी वर्दघाट-२ बासखोलामा ९ जनाको घर बाढीका कारण डुबानमा परेर क्षती भएको छ । स्थानीय कोशबहादुर आले, हरीबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षती पुगेको छ । सुस्ता गाउँपालिका-५ बड्काटोलमा बाढी पसेको छ ।

नारायणी नदीको पानीको वहाव बढ्दा बाँध समेत फुटेर पानी बस्तीमा छिरेको थियो । स्थानीय प्रहरी र समुदायका नागरिकहरुलाई सार्वजनिक भवनमा सारिएको छ । पाल्पा रैनादेवी छहरा-१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ । बगनासकाली-६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछी दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन-५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा ९ वटा घर जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ ।

रम्भा-३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेपछी ७ जना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको, निस्दि–५ निवासी नरबहादुर खरुको घर जोखिममा परेपछी तीन जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको, रैनादेवि छहरा-१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रीता कुमाल, सिमा कुमाल, मालती नेपालीको घर जोखिममा परेपछी ११ जना सदस्यहरुलाई आफन्तको घरमा सारिएको छ । माथागढी-७ निवासी लोकमायाँ चुहानको घर जमिन भासिदा जोखिममा परेपछी ७ जना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हिराबहादुर ढेंगाको घर पनि बस्न नमिल्ने भएपछी ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ । रैनादेवी छहरा-१ निवासी कमला गरम्जाको घर पहिरोले पुरिएपछी तीन जना सदस्यलाई आफन्तको घरमा सारिएको छ ।

रीब्दीकोट-४ निवासी मिनप्रसादको घर अगाडी पहिरो खस्दा जोखिम बढेपछी चार जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो । पाल्पा तिनाउँ-१ निवास निरज सास्कोटीको घर पहिरोले पुरिएपछी चार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

गुल्मी छत्रकोट-५ निवासी कृष्ण विकको घरमा क्षती पुगेपछी तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी-६ धरमखोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ । यस्तै माडी गाउँपालिका-४ बुढागाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फारममा क्षती पुगेको छ ।

कोटिहवामा रहेको लक्ष्मी स्टिल ईण्डस्ट्रिजमा कराडौंको क्षति

३ दिनदेखिको लगातार वर्षाले रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.१७, कोटिहवामा रहेको लक्ष्मी स्टिल ईण्डस्ट्रिजमा वर्षाले ठूलो क्षति पुगेको छ । उद्योगभित्र ३ फुटसम्म पानी पसेर ताल बनेको छ । बाथरुम सेट, बेल्चा, हेल्मेटका पी फर्म लगायत उत्पादन गर्ने उद्योगका ३ दर्जनभन्दा बढी मेशिनहरू डुबानमा परेका आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले बताए ।

आवास ग्रुपको सो क्षेत्रमा ९ वटा उद्योगहरु छन् । त्यसमध्येको लक्ष्मी स्टिलमा वर्षाले क्षति पुगेको थैबले बताए । उनका अनुसार पानीमा डुबेका मेशिनहरु चल्ने अवस्थामा नरहेको हुँदा विशेषज्ञबाट जाच गराएर मर्मत गर्नुपर्ने भएको छ । वर्षाको पानी उद्योग र कार्यालयहरूमा भरिएकोले पानी मोटर प्रयोग गरी पानी फाल्ने प्रयास भइरहेको छ । अहिले उद्योगको उत्पादन प्रक्रिया, ढुवानी र कामदारहरूको आवागमनमा बन्द रहेको संचालक थैवले बताए ।

यसबाट उद्योगलाई करोडौंको आर्थिक नोक्सान भएको पनि उनले जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित