तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

प्रदेशले अन्याय गरेपछि स्वास्थ्यका सातौ तहका कर्मचारी आन्दोलित

लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश निजामती ऐन २०८१ मा स्वाथ्य क्षेत्रका ८ वटा समुहका सातौ तहका कर्मचारीहरुलाई ‘बायस’ गरेपछि स्थानीय तह र प्रदेशका कर्मचारी आन्दोलित भएका छन् ।

प्रदेश सरकारले बनाएको निजामती ऐनमा अन्य सबै तहका कर्मचारीहरु नयाँ बनेको ऐन अनुसार एक तह स्वतह बढुवा हुने व्यवस्था गरेपनि सातौ तहका कर्मचारीहरुको हकमा भने बढुवा सम्बन्धी कुनै पनि व्यवस्था नगरेको कारण आफुहरु आन्दोलित हुनुपरेको आन्दोलनरत स्वास्थ्यकर्मी युवराज पाण्डेले जानकारी गराए ।

बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तह र प्रदेश सरकार अन्र्तगतका विभिन्न स्वाथ्य क्षेत्रमा कार्यरत सातौ तहका कर्मचारीहरुले अन्य सबै तहका कर्मचारीहरुलाई एक तह बढुवाको बाटो खोलेको भएपनि सातौ तहका कर्मचारीहरुको हक मा भने कुनै पनि व्यवस्था नभएको कारण प्रदेश सरकार विरुद्ध आन्दोलनको तयारी गरिएको जानकारी दिए ।

संघीय निजामती ऐन नआईसकेको अवसरमा केही निहित स्वार्थ बोकेका कर्मचारीहरुको लागि मात्रै ऐन ल्याइएको भन्दै आलोचना समेत भएको हो । स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम स्वास्थ्य सेवाको चौथो/पाचौं तहमा शुरु, नियुक्ति कार्य हुने जनशक्तिलाई दुई वह स्तरवृद्धि दिने व्यवस्था रहेको र साथै कर्मचारी सेवाका जनशक्तिलाई समायोजन ऐन २०७५ ले स्वास्थ्य सेवाको जनशक्तिलाई अन्य सेवाको लागि दिएकामा तह वृद्धि नदिएको भन्दै कर्मचारी आन्दोलित भएका हुन ।

प्रदेशका ८० जना भन्दा बढि कर्मचारी सातौ तहका रहेका छन् ।लुम्बिनी प्रदेश सरकारले हालै जारी प्रदेश निजामति, स्थानीय सेवा ऐनले चौथो तहमा नियुक्ति पदस्थापना हुने जनशक्तिलाई तिन तह अर्थात सातै तह सम्म जाने त्यो पदख एक पटकको लागि भनि कानूनी प्रवन्ध गरी पाचौं तहका सुरु नियुक्ती भएका जनशक्ति हाल सातौ तहमा रहेका जनशक्तिलाई तह वृद्धि नगरिदिँदा हाल सातौ तहका कर्मचारी अन्यायमा परको जनाइएको छ ।

हाल स्थानीय सेवा ऐन २०८१को दफा (९) ले पद अनुसार चेन अफ कमाण्डलाई जिम्मेबारी बहन र जवाफदेहितामा अन्यौलता सृजनागरेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित