रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

नयाँ नोट बिनाको यस वर्षको दशैं, असोज १३ देखि सुकिला मात्रै साट्न पाइने

दशैंका लागि धेरैले नयाँ नोट साट्ने गर्छन् । तर, यस वर्षको दशैंमा भने नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने निर्णय गरेसँगै यस वर्षको दशैंमा नयाँ नोट नपाइने भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज १३ गतेदेखि भने सुकिला नोट मात्रै साटिने भएको छ । दशैंमा माग हुने साना दरका नोट सटहीको लागि यस वर्ष बैंकहरुको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी)बाट सुकिला नोट असोज १३ गतेदेखि २२ गतेसम्म साटिने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित