संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट                
समाचार :

नयाँ नोट बिनाको यस वर्षको दशैं, असोज १३ देखि सुकिला मात्रै साट्न पाइने

दशैंका लागि धेरैले नयाँ नोट साट्ने गर्छन् । तर, यस वर्षको दशैंमा भने नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने निर्णय गरेसँगै यस वर्षको दशैंमा नयाँ नोट नपाइने भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज १३ गतेदेखि भने सुकिला नोट मात्रै साटिने भएको छ । दशैंमा माग हुने साना दरका नोट सटहीको लागि यस वर्ष बैंकहरुको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी)बाट सुकिला नोट असोज १३ गतेदेखि २२ गतेसम्म साटिने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित