
बुटवल । लुम्बिनी प्रदेशका कांग्रेस सांसद धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् ।
२०४८ साल असार ९ गते अदालतले सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा पश्चात
एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । तर केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् ।
रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको जानकारी दिए ।