निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

ज्योति भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समय विद्यालय तथा क्याम्पस तहको शैक्षिक गुणस्तर खस्कँदै जानु चिन्ताको विषय भएको बताएका छन् ।

उनले गुणस्तर सुधार गर्न योजना निर्माण गरेर काम गर्नुपर्नेमा जाेड समेत दिएका छन् । अर्घाखाँचीकाे शीतगंगा नगरपालिकामा रहेको ज्योति भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा मुख्यमन्त्री आचार्यले स्नातक तहको शिक्षा प्रदान गरिरहेका सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार गर्नेगरी कार्यक्रम निर्माण गर्न निर्देशन दिए ।

‘भौतिक संरचना सुधार हुन्छन्, बन्दै जान्छन् । तर, शैक्षिक गुणस्तर खस्कियो भने सुधार गर्न गाह्रो हुन्छ । देशलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न शिक्षा जोडिएको छ । यो महत्वपूर्ण विषय हो’, उहाँले भने, ‘पढाईको गुणस्तर सुधार गरेको खण्डमा मात्रै सबै समस्याहरु समाधान हुँदै जान्छन् ।’

लुम्बिनी प्रदेश सरकारले क्याम्पसको भवन निर्माणका लागि आर्थिक बर्ष २०७६-०७७ मा ५० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट क्याम्सको भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । सोही भवनमा तला थप्न र कक्षा कोठा निर्माण गर्न विश्व विद्यालय अनुदान आयोगबाट समेत ४६ लाख ७१ हजार बजेट प्राप्त भएको थियो । अहिले क्याम्पसमा पठनपाठनका लागि कक्षाकोठाको अभाव केही टरेको भए पनि बाँकी पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताए ।

‘प्रदेश सरकारले पूर्वाधारको जग बसाल्ने काम भयो । यहाँका दानदाताहरुको थप सहयोगले भवनलाई सम्पन्न गरेका छौं’, उनले भने, ‘अव हामीलाई डेस्क, बेञ्च अनि शौचालयको खाँचो छ ।’

प्रदेश सरकारले क्याम्पसलाई आवश्यक पर्ने पूर्वाधारहरुमा लगानी गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे । स्नातकमा व्यवस्थापन र शिक्षा संकायको पठनपाठन हुँदै आएको छ । हाल क्याम्पसमा एक सय ३८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । शीतगंगा नगरपालिका भूगोलको दृष्टिले ठूलो छ । यहाँ उच्च शिक्षाका लागि अध्ययन गर्न चाहने विद्यार्थी बाहिरी जिल्ला जानुपर्ने बाध्यता थियो ।

क्याम्पस स्थापना भएपछि घरमै बसेर उच्च शिक्षा अध्ययनको लागि सहज भएको विद्यार्थीहरुको भनाई छ ।

आवश्यकता संगै थप नयाँ संकायहरु थप गर्दै विद्यार्थीको आकर्षण बढाउने बारे स्थानीय सरकारले भूमिका खेल्ने शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताए ।

‘स्थानीय सरकारले यस क्याम्पसको विकासको लागी जस्तो सुकै सहयोग गर्न तयार छ’, उनले भने, ‘आफ्नै पालिका भित्र उच्च शिक्षा अध्ययनको राम्रो वातावरण बनाउन चाहन्छौं ।’

वि.सं. २०६९ सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी क्याम्पस सञ्चालनमा आएको थियो ।

क्याम्पसको भौतिक पूर्वाधार सुधारका लागी महायज्ञ समेत आयोजना गरिएको थियो । जनस्तरको सहयोगमा स्थापना भएको क्याम्पसको विकासको लागी तिन तहकै सरकारले प्राथमिकितामा राख्नुपर्ने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष काँशिराम आचार्यले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित