भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

माओवादी सांसद कृष्णा केसीले ह्वीप उल्लंघन गरेपछि विवादमा

लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दलकी सांसद कृष्णा केसीले पार्टीको ह्वीप उल्लंघन गरेपछि विवादमा परेकी छन् । मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत नदिन उनको पार्टी नेकपा माओवादीले ह्वीप जारी गरे पनि उनी हाजिरी गरेर मत विभाजनमा सहभागी नभएकी हुन् । उनले मतविभाजनमा सहभागिता नजाएपछि विपक्षको मत एक कमी भएको थियो ।

उनी बाँके क्षेत्र नम्बर १ को १ बाट लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष निर्वाचित एक मात्र महिला सांसद हुन्। माओवादीले माओवादीले बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थिति भएर विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

बैठकमा हाजिर गरेर मतदानमा सहभागी नभएपछि तटस्थ अवस्था भन्ने बुझिन्छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारूले मतदानमा सहभागी नभएपछि उनलाई स्पष्टीकरण सोध्ने बताएका छन् ।

‘सदनमा सहभागी भएर पार्टी निर्देशन उल्लंघन गर्नेलाई पार्टीले स्पष्टीकरण सोधेर थप काम कारबाही अघि बढाउला, थाहा नभएर हो कि संसदको महत्व नबुझेर हो मलाई थाहा भएन’ उनले भनेका छन् ।

तर सांसद केसीले भने विशेष कारणले बैठकबाट बाहिर निस्किँदा मतदान छुटेको बताएकी छन् । ‘पार्टीको नीतिविपरीत होइन, मतदान चाहिँ छुटेको हो। फेरि उनीहरु (सत्तापक्ष) को मत पुगिहालेको थियो, मेरो आन्तरिक समस्याले गर्दा बाहिर निस्किएको बेलामा मत विभाजन भएछ’ उनले भनेकी छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित