निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

विष्णु पौडेल आठौंपटक मन्त्री र पाँचौंपटक अर्थमन्त्री बने

एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट आठौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । पाँचौं पटक अर्थ मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् ।

पहिलो पटक ०७२ कात्तिक र दोस्रो पटक ०७७ असोजमा उनी अर्थ मन्त्री बनेको थिए । यस्तै, तेस्रो पटक ०७८ जेठमा, चौथोपकट ०७९ पुसमा उप–प्रधान सहित अर्थमन्त्री बनेको पौडेल यस पटक पनि उपप्रधान सहित अर्थमन्त्री बनेका हुन् ।

पौडेल पहिलो पटक ०५३ चैत १२ देखि ०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए । ०६५ भदौ ५ देखि ०६६ जेठ ७ सम्म उनी दोस्रो पकट मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हाले । त्यतिबेला पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसैगरी झलनाथ खनालको नेतृत्वमा २०६७ सालमा बनेको मन्त्रिपरिषद्‍मा पौडेल रक्षामन्त्री थिए । त्यतिबेला पौडेल ०६७ चैत ३ देखि ०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हालेका थिए । त्यसपछि थप पाँच पटक मन्त्री बनेका पौडेलले हरेक पटक अर्थमन्त्रालय मात्रै सम्हालेका छन् ।

सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री बन्दा होस वा गठबन्धन सरकारमा होस मन्त्री बन्ने अवसर पाइरहेका छन् । ६५ वर्षका पौडेल एमालेको दुई वर्ष अघि भएको एमालेको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् ।

२०३५ सालमा अखिल नेपाल कम्युनिस्ट कोअर्डिनेसन कमिटीबाट राजनीति सुरु गरेका पौडेल ११ वर्ष भूमिगत बसेका थिए । २०४१ सालमा रुपन्देही जिल्ला कमिटीको सचिव बनेका पौडेलले २०४७ सालमा एमालेको केन्द्रीय सदस्य रहँदै आएका छन् ।

त्यसैगरी २०५९ सालमा एमालेको स्थायी कमिटीका सदस्य बनेका पौडेल २०६५ सालमा भएको एमालेको आठौं महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका पौडेल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपाको महासचिव भएका थिए ।

सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रुपन्देहीबाट निर्वाचित हुँदै आएका छन् । २०३७ सालमा ३ वर्ष जेल र ३ हजार रुपैयाँ जरिवानाको सजाय पाएका पौडेलले ४५ दिनमा जेल विद्रोह गरेका थिए । २०१६ मंसिर १५ मा स्याङ्जामा जन्मिएका लामो समयदेखि रुपन्देहीको बुटबलमा बस्दै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित