३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा ‘पर्ख र हेर’ को अवस्थामा

बुटवल । लुम्बिनी प्रदेशमा एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा संकटमा परेका छन् । संकटमा परेपछि मुख्यमन्त्री महराले अहिले ‘पर्ख र हेर’ को रणनीति अख्तियार गरेका छन् । राजीनामा दिने या विश्वास मत लिने भन्ने विषयमा अझै एक, दुई दिन पर्खेर हेर्ने रणनीति लिएको मुख्यमन्त्री महराले बताए ।

उनले भने, ‘केन्द्रको सिरानी अझै एक दुई दिन हेर्छु, त्यसपछि दुई विकल्प मध्ये एउटा निर्णयमा पुग्छु ।’ लुम्बिनी प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि साउन १८ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। केन्द्रमा फेरिएको दलीय समीकरण अनुसार लुम्बिनी प्रदेशमा माओवादी सरकारले विश्वासको मत पाउने देखिँदैन ।

महरा ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । महरालाई साथ दिएका एमालेका २७ र जसपाका ३ सांसदले समर्थन फिर्ता लिएका छन् । लुम्बिनीमा जम्मा ८७ सिट रहेको छ । बहुमत पुर्याउनका लागि ४४ सिट चाहिन्छ। केन्द्रमा भएको दलीय समीकरण अनुसार कांग्रेस र एमालेको ५६ सिट रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित