तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा ‘पर्ख र हेर’ को अवस्थामा

बुटवल । लुम्बिनी प्रदेशमा एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा संकटमा परेका छन् । संकटमा परेपछि मुख्यमन्त्री महराले अहिले ‘पर्ख र हेर’ को रणनीति अख्तियार गरेका छन् । राजीनामा दिने या विश्वास मत लिने भन्ने विषयमा अझै एक, दुई दिन पर्खेर हेर्ने रणनीति लिएको मुख्यमन्त्री महराले बताए ।

उनले भने, ‘केन्द्रको सिरानी अझै एक दुई दिन हेर्छु, त्यसपछि दुई विकल्प मध्ये एउटा निर्णयमा पुग्छु ।’ लुम्बिनी प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि साउन १८ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। केन्द्रमा फेरिएको दलीय समीकरण अनुसार लुम्बिनी प्रदेशमा माओवादी सरकारले विश्वासको मत पाउने देखिँदैन ।

महरा ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । महरालाई साथ दिएका एमालेका २७ र जसपाका ३ सांसदले समर्थन फिर्ता लिएका छन् । लुम्बिनीमा जम्मा ८७ सिट रहेको छ । बहुमत पुर्याउनका लागि ४४ सिट चाहिन्छ। केन्द्रमा भएको दलीय समीकरण अनुसार कांग्रेस र एमालेको ५६ सिट रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित