३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनीमा सहमतिको सरकार गठन गर्न एमालेको पहल सुरू

लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीले राजीनाना दिँदै मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रिय सरकार गठनका लागि पहल सुरू भएको छ ।

त्यसका लागि एमाले प्रदेश सभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले शुक्रबार मुख्यमन्त्री महरालाई भेटेर पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन पनि एमालेले माओवादीलाई आग्रह गरेको छ । एमालेले शुक्रवार नै प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पनि राष्ट्रिय सहमतिको सरकार गठनको पहल सुरू भएको जानकारी गराएको छ ।

प्रमुख सचेतक चौधरीले प्रदेश प्रमुख अमिक शेरचन काठमाडौंमा रहेकाले उनको सचिवालयलाई जानकारी पत्र दिएको बताए । लुम्बिनीमा चैत २३ गते एमालेसहित ५ दल र एक स्वतन्र प्रदेश सभा सदस्यसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २९ प्रदेश सदस्य रहेको एमालेका ५ मन्त्रीले विहिवार नै राजीनामा दिएका छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन् । यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३/३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक / एक जना तथा एकजना स्वतन्त्र गरि ८७ प्रदेश सभा सदस्य छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित