रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

अनुत्तीर्ण हुने विद्यार्थी संख्या लुम्बिनीमा धेरै

माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ ।

लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

मधेश प्रदेशमा ४२ हजार २८६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेशबाट गत चैतमा सम्पन्न परीक्षामा ७९ हजार ५९२ विद्यार्थी सहभागी भएका थिए ।

त्यसैगरी कोशी प्रदेशका ७५ हजार ९८८ विद्यार्थीमध्ये ३९ हजार ८९५ विद्यार्थी अनुत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

बागमती प्रदेशका कुल ९९ हजार ८७२ विद्यार्थीमध्ये ३३ हजार ८४३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

कर्णाली प्रदेशमा २० हजार ३८० विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । कर्णालीबाट गत चैतमा भएको परीक्षामा ३५ हजार ३४ विद्यार्थी सहभागी भएका थिए ।

गत चैतमा भएको परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

दुई विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले साउन १८ र १९ गते पुरक परीक्षा दिन पाउने भएका छन् । यो वर्ष १ लाख १५ हजार ८३४ जना विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७९३ रहेको बताए । त्यस्तै ४८ हजार ३८ जनाले दुई विषयको पुरक परीक्षा दिनेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित