युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

यी १० वटा वेबसाइटबाट हेर्न सकिन्छ एसईईको रिजल्ट

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ।

नेपाल टेलिकमले पनि आईभीआर, एसएमएस वा वेबसाइटको माध्यमबाट एसईईको नतिजा थाहा पाउन सकिने जनाएको छ।

टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसारको प्रक्रियाबाट नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ। त्यसैगरी मोवाइल फोनबाट १६ सयमा सिम्बोल नम्बरसहित एसएमएस पठाएर पनि नतिजा थाहा पाइने छ। टेलिकमको वेवसाइटबाट मार्कसिटसहितको नतिजा पाप्त गर्न सकिने टेलिकमले जनाएको छ।

त्यसैगरी निजी क्षेत्रको दूर सञ्चार प्रदायक संस्था एनसेलको एपमार्फत पनि एसईईको नतिजा हेर्न सकिने जनाएको छ।

एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिनेछ।

बोर्डले आजै बिहान एसईईका नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले नतिजा प्रकाशित भएपछि सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको हो।

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर हेर्न सकिने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच वटा संस्थालाई एसएमएस र आईभीआरबाट रिजल्ट प्रकाशित गर्न अनुमति प्रदान गरेको छ।

हेर्नुहोस् परीक्षा बोर्डको सूचना

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित