३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

एसइईको नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ हेर्ने तरिका

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

परीक्षा नियन्त्रक पौडेलले भने, ‘नतिजा बुधबार सार्वजनिक गर्ने तयारी रहेको र बैठक बसेर नमुना अभ्यास पनि गरियो, केही प्राविधिक काम बाँकी भएकाले आज बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने छौं ।’

असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो।

बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिने बताए।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने उनले जानकारी दिए।

आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ। ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्। विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्।

गतचैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन्। ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन्।

यस्तो छ हेर्ने तरिका:

नतिजा १६०० मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट SEE <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर वा वेवसाइटमा https://see.ntc.net.np बाट सजिलैसँग प्राप्त गर्न सकिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित