तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रूपन्देहीका १४ पालिकाले ल्याए बजेट, रोहिणी र मायादेवीको अनिश्चित

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी, लक्षित वर्गको उत्थानमा विशेष जोड दिँदै रुपन्देहीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा सबैभन्दा ठूलो बजेट बुटवल उपमहानगरपालिकाले ल्याएको छ । बुटवल र सिद्धार्थनगर नगरपालिकाले आइतबार बजेट ल्याएका हुन् भने अन्य पालिकाले सोमबार बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका दुई पालिकाले भने बजेट ल्याउन सकेनन् ।

बुटवलले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेस्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम पेश गरेकी हुन् । यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिकाले १ अर्ब ९० करोड, देवदह नगरपालिकाले १ अर्व ५० करोड १० लाख ६५ हजार पाँच सय रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

तिलोत्तमा नगरपालिकाको २ अर्ब ७६ करोड ६२ लाख २२ हजार, सैनामैना नगरपालिकाले १ अर्ब १० करोड १२ लाख ७२ हजार र सिद्धार्थनगर नगरपालिकाले १ अर्ब ४ करोड २५ लाख ५४ हजार बराबरको बजेट ल्याएको छ । कृषि र सिंचाईलाई प्राथमिकता राख्दै कोटहीमाई गाउँपालिका ४७ करोड ६९ लाख बराबरको बजेट ल्याएको छ ।

यस्तै, सम्मरीमाई गाउँपालिकाले ५० करोड ४ लाख १० हजार, सियारी गाउँपालिकाले ९० करोड र मर्चवारी गाउँपालिकाले ४८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । यस्तै, जिल्लाको कंचन गाउँपालिका ५७ करोड २१ लाख २० हजार ६५०, ओमसतिया गाउँपालिकाले ४९ करोड २२ लाख १८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । ओमसतियाको नीति तथा कार्यक्रम पारित भए पछि बजेटमाथि छलफल सुरु भएको उपाध्यक्ष सुनिता चौधरीले जानकारी दिइन् ।

जिल्लाको शुद्धोधन गाउँपालिकाले ७० करोड २७ लाख ४८ हजार र गैडहवा गाउँपालिकाले ६३ करोड बराबरको बजेट ल्याएका छन् । अधिकांश पालिकाले सडक, नाला, विद्यालय भवन निर्माण, स्मार्ट लाइट जडान, मठमन्दिर निर्माण, फोहोर व्यवस्थापन, कृषिलाई आधुनिकी करण लगायतमा जोड दिएका छन् । स्वास्थ्य क्षेत्र पनि धेरै पालिकाको प्राथमिकतामा परेको छ ।

जिल्लाका १४ पालिकाले बजेट ल्याउँदा रोहिणी गाउँपालिका र मायादेवी गाउँपालिकाको भने गाउँ सभा नै बस्न सकेन । आन्तरिक असमझदारीले यी पालिकाले नीति तथा कार्यक्रम र बजेट नै ल्याउन नसकेका हुन् । रोहिणीको त अघिल्लो वर्ष पनि ढिला गरी बजेट आएको थियो । दुबै पालिकाको गाउँसभा बस्नेबारे अझै टुंगो छैन । मायादेवीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले आन्तरिक असमझदारीले बजेट ल्याउन नसकेको जनाए । ‘जनप्रतिनिधिबीच केही कुरामा सहमती हुन सकेको छैन । सहमती भयो भने बजेट ल्याउँछौं’, उनले भने ।
पब्लिक कुराबाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित