मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त

प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट खेलाडी देब खनालाई नियुक्त गरेको छ । देव बुटवलबासी हुन । २०८१ जेठ ८ गते प्रीमोले देब खनाललाई ५ वर्ष लामो समयका लागि ब्रान्ड एम्बेसडरको रुपमा अन्डर–१९ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खनाललाई नियुक्त गरिएको पत्रकार सम्मेलन गरि जनाईएको हो ।

सर्भिसेज बुटवल निर्देशक सागर केसीले नेपाली क्रिकेट खेलमा सानो भएपनि योगदान गरौ भन्ने उदेश्यले ब्राण्ड एम्बेसडरमा खनाललाई नियुक्त गरिएको जानकारी बताए । उनले उदाउँदो खेलाडीको रुपमा खनाललाई देखेकोले खनाललाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको जानकारी दिए । पोखरा निर्देशक रमेशकुमार थापाले खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन सहयोग गरेको बताए । उनले यसबापत एकमुष्ट एवं खेल अनुसार समेत रकम दिदै आएको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलाडी देब खनालले क्यानकै प्रोटोकल भित्र रहेर प्रीमोको ब्रान्ड एम्बेसडर बनेको बताए । उनले देश तथा बिदेशमा प्रचार प्रसार गर्ने तथा ब्यवसायीक हितमा रहेर काम गर्ने बताएका छन । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले खेलाडिको प्रोत्साहन गर्नुले दीर्घकालीन रुपमा फाईदा पुग्ने बताए । प्रीमोले युरोपका विभिन्न देशहरु अष्ट्रेलिया, क्यानेडा, युके तथा युएई र दक्षिण कोरियामा विद्यार्थी पठाउनुका साथै पिटिई र आयल्स कक्षा सञ्चालन गर्दै आएको छ ।

प्रीमोको प्रधान कार्यालय अष्ट्रेलियाको सिडिनीमा रहेको छ भने शाखा कार्यालय बुटवल, पोखरा र काठमाडौमा रहेका छन । प्रीमो एजुकेसनकोको ल्याङवेज पार्टनरको रुपमा ल्याङवेज एकेडेमी रहेको छ । ल्याङेवेज एकेडेमीले प्रीमोको शाखाहरु मार्फत भाषा प्रशिक्षण समेत गर्दै आएको छ । प्रीमोले ५० भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित