दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त

प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट खेलाडी देब खनालाई नियुक्त गरेको छ । देव बुटवलबासी हुन । २०८१ जेठ ८ गते प्रीमोले देब खनाललाई ५ वर्ष लामो समयका लागि ब्रान्ड एम्बेसडरको रुपमा अन्डर–१९ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खनाललाई नियुक्त गरिएको पत्रकार सम्मेलन गरि जनाईएको हो ।

सर्भिसेज बुटवल निर्देशक सागर केसीले नेपाली क्रिकेट खेलमा सानो भएपनि योगदान गरौ भन्ने उदेश्यले ब्राण्ड एम्बेसडरमा खनाललाई नियुक्त गरिएको जानकारी बताए । उनले उदाउँदो खेलाडीको रुपमा खनाललाई देखेकोले खनाललाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको जानकारी दिए । पोखरा निर्देशक रमेशकुमार थापाले खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन सहयोग गरेको बताए । उनले यसबापत एकमुष्ट एवं खेल अनुसार समेत रकम दिदै आएको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलाडी देब खनालले क्यानकै प्रोटोकल भित्र रहेर प्रीमोको ब्रान्ड एम्बेसडर बनेको बताए । उनले देश तथा बिदेशमा प्रचार प्रसार गर्ने तथा ब्यवसायीक हितमा रहेर काम गर्ने बताएका छन । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले खेलाडिको प्रोत्साहन गर्नुले दीर्घकालीन रुपमा फाईदा पुग्ने बताए । प्रीमोले युरोपका विभिन्न देशहरु अष्ट्रेलिया, क्यानेडा, युके तथा युएई र दक्षिण कोरियामा विद्यार्थी पठाउनुका साथै पिटिई र आयल्स कक्षा सञ्चालन गर्दै आएको छ ।

प्रीमोको प्रधान कार्यालय अष्ट्रेलियाको सिडिनीमा रहेको छ भने शाखा कार्यालय बुटवल, पोखरा र काठमाडौमा रहेका छन । प्रीमो एजुकेसनकोको ल्याङवेज पार्टनरको रुपमा ल्याङवेज एकेडेमी रहेको छ । ल्याङेवेज एकेडेमीले प्रीमोको शाखाहरु मार्फत भाषा प्रशिक्षण समेत गर्दै आएको छ । प्रीमोले ५० भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित