मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् ।

यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेवसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् । उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रुपमा टिक काट्न सक्ने व्यवस्था गरिएको छ । यो सेवालाई केही समयका लागि परीक्षणकालका रुपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रुपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा टिकटकै लागि सेवाग्राहीले घण्टौंसम्म लाइनमा बस्नु पर्ने बाध्यतालाई अन्त्य गर्न र सेवालाई थप गुणस्तर बनाउन अनलाइन सेवामा जान लागिएको उनले बताए ।

अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसापेक्ष प्रविधिको प्रयोग गरी सहज पहुँचमा ल्याउनका लागि थप सुविधाहरु बिस्तार गर्दै जाने मेसु ढकालले बताए । अस्पतालले सुरु गर्न लागेको अनलाइन टिकट सेवामा बीमा सेवा लिनेहरुका लागि भने तत्काल व्यवस्था रहेको छैन । उनीहरुलाई पनि बिस्तारै समेट्नेगरी योजनामा रहेको ढकालले जानकारी दिए । अस्पतालमा दैनिक २ हजारदेखि २५ सय जनसम्म सेवाका लागि अउने गर्दछन् ।

यसैगरी अस्पतालमा नियमित औषधी सेवनका लागि आउने बिरामीहरुलाई मध्येनजर गरी विहान ८ बजेदेखि नै रिफलि सेन्टर सञ्चालनमा आउने भएको छ । यसअघि विहान १० बजेदेखि सेवा सञ्चालन हुँदै आएकोमा असार १ गतेदेखि नियमित औषधी सेवा गर्ने बिरामीहरुले ८ बजे नै अस्पतालमा आएर औषधी सेवा लिन सक्ने अस्पतालमा प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित