३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी

नेकपा एमाले गुल्मीको १२ औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि नेताहरुले सर्वसम्मत बनाउने प्रयास सफल हुन नसकेपछि आज बिहानैबाट मतदानको तयारी गरिएको छ ।

मंगलबार सुरु भएको अधिवेशनले सहमति भए बुधबार नै नेतृत्व चयन गरेर घोषणा गर्ने तयारी गरिएपनि अध्यक्षका प्रत्यासी निवर्तमान अध्यक्ष बालसिंह काउछा र हिरा एसी दुवै जना सहमतिमा आउन नसकेपछि निर्वाचनको तयारी भएको हो ।

बुधबार दुवै जनाले अध्यक्षमा उम्मेदारी दिएका छन् । अध्यक्षसँगै अन्य पदाधिकारीमा पनि उस्तै प्रतिस्पर्धा देखिएको छ । ७ सय प्रतिनिधि सहभागी अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ ।

अधिवेशनबाट नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष काउछा दोहोरिने तयारी गरेपनि युवा नेता हिरा एसीले बलियो दावेदारी गरेपछि सहमतिको प्रयास गरेका नेताहरुलाई समस्या परेको हो। दुवै जनाको तयारीले सहमतिमा नेतृत्व छनौट हुने संभावना कम रहेको नेताहरुको बुझाई छ ।

काउछा र एसीसँगै अन्य पदाधिकारीमा पनि उस्तै प्रतिस्पर्धा देखिएको छ । उपाध्यक्षमा गणेश श्रीपाली, जीवन खरेल र चेतन बस्नेतको उम्मेदारी परेको छ । सचिवमा धर्म विश्वकर्मा, पदम अर्याल, गोविन्द गौतम, फर्सु ज्ञवालीको उम्मेदारी परेको छ । उपसचिवमा भने ८ जनाले उम्मेदारी दिएका छन् ।

गुल्मी एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला भएकाले जिल्ला तहमा दुवैले आफू निकटस्थलाई नेतृत्वमा पठाउन चाहेका छन् । ज्ञवाली नेता काउछालाई पुनः नेतृत्वमा ल्याउन चाहन्छन् भने विष्ट एसीलाई अगाडि बढाउने पक्षमा छन् ।

यहाँबाट केन्द्रीय नेतृत्वमा रहेका दुई नेताहरुले अलग अलग पात्र रोजेपछि यहाँबाट केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका नेताहरु पनि यसैगारी बाँडिएका छन् । यहाँ केन्द्रका नेताहरुको समूहभन्दा पनि जिल्ला विशेषकै समूह बनेको हो ।

बुधबार रातीसम्म सहमतिका लागि एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापाले सहमतिको प्रयास गरेपनि केही टुंगो लागेको छैन । बिहीबार बिहानैबाट निर्वाचनको तयारी गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित