तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलमा आजबाट ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बिक्री सुरु

बुटवल । बुटवलमा इलेक्ट्रिक स्कुटरको बिक्री शुभारम्भ गरिएको छ । बुटवलको क्रस फायर प्रालिले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बिक्री आरम्भ गरिएको हो ।

सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको उक्त स्कुटरको मूल्य ३ लाख ६५ हजार तोकिएको छ । स्कुटरमा ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम–आयोन ब्याट्री जडान गरिनुका साथै पिक पावर ४ किलोवाट छ भने, यसको टर्क १५० एनएम रहेको स्कुटरका अधिकृत बिक्रेता बाग्मती मोटरसाइकल सेन्टरका सञ्चालक चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।

१४० एमएम ग्राउन्ड क्लिरियन्स भएको स्कटरमा ईको, ड्राइभ र स्पोर्ट गरी तीनवटा राइडिङ मोड दिइएको छ । जसअनुसार इको मोडमा चलाउँदा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० र स्पोर्टस मोडमा २०० किलोमिटर रेन्ज पाउन सकिने उनले बताए ।

मोड अनुसार यसको टप स्पिडसमेत फरक पार्ने कम्पनीको दाबी छ । इको मोडमा चलाउँदा प्रतिघण्टा ५१ किलोमिटर टप स्पिड पाइने स्कुटरलाई ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टा र स्पोर्ट मोडमा ६८ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा गुडाउन सकिने ग्यारोका बजार प्रबन्धक अनुराग बमले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित