मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

एमाले रुपन्देहीको १० औं अधिवेशन सुरु, उपाध्यक्ष पौडेलद्वारा उद्घाटन

कपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको १० औं जिल्ला अधिवेशन भैरहवामा सुरु भएको छ । अधिवेशनको पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका छन् ।

अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहे पनि अस्वस्थतताका कारण उहाँ आउन नसक्नुभएको एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले बताए ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.ले एमाले जनताको रोजाइको पार्टी भएको दावी गरे । उनले २ वर्ष ५ महिनामा पार्टीको संगठनलाई अझ मजबुत र सशक्त बनाइएको बताए । उनले भने, ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीको अधिकाशं क्याम्पसमा अनेरास्ववियुले जितेको छ । ’

अधिवेशन व्यवस्थित गर्नको लागि पार्टीको जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.को संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भएको एमाले उपसचिव एवं जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

जिल्लाका १६ वटा पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि चयन भइ अधिवेशनमा सहभागी भएका छन् । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ ।

बन्द सत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिनेछ । रुपन्देहीमा एमालेका १७ हजार ९८ जना संगठित पार्टी सदस्य र उत्तिकै संख्यामा शुभेच्छुक पनि छन् ।

अधिवेशनबाट नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिव चित्रबहादुर कार्की र हितराज पन्थी दावेदारको रूपमा रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित