दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

नेकपा एमाले रुपन्देहीको सङ्क्षिप्त ईतिहास बिमोचन 

भैरहवा । नेकपा एमाले रुपन्देहीको सङ्क्षिप्त इतिहासको पुर्ब अर्थमन्त्री तथा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले बिमोचन गरेका छन् ।
भैरहवामा भइरहेको नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा उक्त पुस्तक पौडेलले बिमोचन गरेका हुन ।
रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास समेटिएको  पुस्तक प्रकाशन गरेको नेकपा एमाले रुपन्देहीको सङ्क्षिप्त इतिहास पुस्तकको प्रकाशन गरेको हो ।
रुपन्देही जिल्ला कमिटीले ५० औं बर्ष पूरा गरेको अबसरमा नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डाक्टर मुरारी पराजुलीले गरेका छन् ।
पुस्तक जम्मा ३ सय ५ पृष्ठ रहेकोमा ६ अध्यायमा रुपन्देही जिल्लाको परिचय, कम्युनिस्टको परिचय र प्रसार, नेपाल कम्युनिस्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको ईतिहास, एमाले रुपन्देहीको सङ्क्षिप्त नेतृत्व परिचय तथा २००९ साल देखि २०८१ सालसम्मको नेकपा एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने ब्यक्तित्वहरुको समय अबधि सहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ ।
नेकपा एमाले रुपन्देही जिल्लाका प्रथम सचिब २००९-२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष (२०७८-२०८१) तेजेन्द्र केसीको ब्यक्तिगत र पार्टीगत जिवनी रहेको छ । उक्त पुस्तकको मूल्य रु ४ सय ९९ रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित