बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

रूपन्देहीमा एक वर्षमा २०७ उद्योग बन्द

रूपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा २०७ उद्योग बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्। अघिल्लो आवमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या २१७ रहेको थियो।

कार्यालय प्रमुख भुसालले आर्थिक मन्दीको असर रूपन्देहीमा पनि देखिएको बताउनुभयो। उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले बताए। ‘उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ’, उनले भने, ‘आव २०७९/८० मा एक हजार १३० उद्योग दर्ता भएकामा चालु आवमा ७२९ मात्र दर्ता भएका छन्।’

उद्योग मात्र नभई वाणिज्यतर्फको अवस्था पनि उस्तै छ। गत आवमा एक हजार ३०४ व्यवसाय दर्ता भएकामा चालु आवमा हालसम्म एक हजार १७५ वटा मात्र दर्ता भएका छन्। आव २०७९/८० मा व्यवसाय बन्द गराउनेको सङ्ख्या १९ वटा थियो। चालु आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले जानकारी दिए।

आर्थिकमन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए। ‘रूपन्देही औद्योगिक केन्द्रको रुपमा रहेको छ, यहाँ ठूला-ठूला उद्योग छन्’, उनले भने, ‘कतिपय बन्द भइसके भने सञ्चालनमा रहेका पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा छन्।’

रूपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित