मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश

उच्च अदालत तुलसीपुर बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित राममणि क्याम्पसमा कर्मचारी नियमावली संशोधन गरेर हटाएका प्राध्यापक कर्मचारीहरूलाई पुरानै पदमा रही काम गराउनका लागि आदेश दिएको छ। अदालतले यसअघि वैशाख ३१ गतेको अल्पकालीन आदेशलाई आज निरन्तरता दिन परमादेश दिएको हो ।

त्रिभुवन विश्व विश्वविद्यालय मान्यता प्राप्त राममणि क्याम्पस सञ्चालक समितिले उमेर हद र सेवा अवधिको विषयमा केही महिना अगाडि नियमावली संशोधन गरेर प्राध्यापक र कर्मचारीहरूलाई हटाएर आंशिक र दैनिक ज्यालादारीमा राखेको थियो । उक्त नियमावली संशोधन गर्दा स्थायी सह प्राध्यापक डा। खगराज शर्मा, सह प्राध्यापक गोपाल पन्थी, उप प्राध्यापक डा. बाबुराम ज्ञवाली, सह प्राध्यापक कुमारी राधा गुरुङ, उपप्राध्यापक माया घिमिरे, शाखा अधिकृत अमृता न्यौपाने पाण्डेय लगायतले आफूहरू माथि अन्याय भएको भन्दै अदालत गएका थिए ।

उनीहरू अदालत भएपछि यही वैशाख ३१ गते तुलसीपुर उच्च अदालत बुटवलले अल्पकालीन आदेश जारी गर्दै तत्काल पुरानै अवस्था काम काज गर्न दिनु भन्ने आदेश दिएको थियो । बुधबार दुवै पक्षको बहसपछि न्यायाधीश राजेश्वर तिवारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस अघिको आदेशलाई मुद्दाको अन्तिम टुङ्गो नलाग्दा सम्म प्राध्यापक, कर्मचारीहरूलाई पुरानो अवस्थाको सेवा सुविधा कटौती नगरी काम गर्न दिनको लागि क्याम्पस सञ्चालक समितिलाई आदेश दिएको छ ।

बुधबार प्राध्यापक कर्मचारीको तर्फबाट अधिवक्ता नारायण प्रसाद पन्थी र केशवराज पोखरेले बहस गरेका थिए भने क्याम्पस सञ्चालक समितिको तर्फबाट बाबुराम पाण्डेयले बहस गरेका थिए । उक्त नियमावलीमा संशोधन गरेर उमेर हद ६३ वर्ष या सेवाको हिसाबले २५ वर्ष लागु गरिएको थियो ।

प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको आङ्गिक राममणि क्याम्पसले आफ्नो ढङ्गबाट नियमावली संशोधन गर्दा अन्यायमा परेको गुनासो गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित