लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

रुपन्देहीका ६९ हजारभन्दा धेरै बालबालिकालाई जेठको दोस्रो सातादेखि पोलियो विरुद्धको आइपीभी खोप लगाउने तयारी गरिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार भैरहवामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै २०७३ देखि ०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई खोप दिने तयारी भइरहेको जानकारी दिएको हो । कार्यालयका अनुसार जेठको १३ देखि २३ गतेसम्म दुई चरणमा खोप लगाइने छ । जसका लागि जिल्लाका ८ सय ५६ वटा खोप केन्द्र निर्धारण गरिएको छ । रुपेन्देहीमा १६ वटा स्थानीय तह रहेका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले पोलियोविरुद्ध ०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि ०७३ देखि ०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका उक्त खोपबाट बञ्चित भएकाले यस पटक खोप अभियान सञ्चालन गरिएको बताए । ढकालका अनुसार, ०७० चैत १३ मा दक्षिण एशियाका सबै मुलुकमा पोलियोको बिरामी शून्य अवस्थामा रहेको घोषणा गरिएको थियो । तर पाकिस्तान र अफगानिस्तानमा पोलियोका बिरामी देखा परिरहेकाले ती देशबाट पोलियो संक्रमण हुन सक्ने संभावना भएकाले खोपलाई निरन्तरता दिनुपरेको प्रमुख ढकालले बताए ।

पोलियो भएकामध्ये ३ प्रतिशतलाई पक्षघात हुने र त्यसको उपचार नभएकाले संक्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ । जेठको १३ देखि १६ गतेसम्म प्रथम चरणअन्तर्गत बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह, सैनामैना, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, शुद्धोधन र सियारीमा खोप लगाउने तयारी छ ।

जेठ २० देखि २३ गतेसम्मको दोस्रो चरणमा गैडहवा, कंचन, सम्मरीमाइ, मर्चवारी, कोटहीमाइ र मायादेवी गाउँपालिकामा खोप लगाइने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित