मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

दृष्टिविहिनलाई हस्ताक्षर सिकाउन तालिम

माईराईट्सको सहयोगमा नेत्रहिन युवा संघ नेपालको संमन्वय र नेत्रहिन युवा संघ रुपन्देहीको आयोजानमा बुटवल १२ ढवाहमा दुई दिने हस्ताक्षर सम्बन्धी तालिम प्रदान गरिएको छ ।

तालिममा रुपन्देही जिल्लाका विभिन्न पूर्ण दृष्टिविहिन भएका २० जना युवा युवतीहरुको सहभागीता रहेको छ । दुई दिन सम्म चल्ने तालिममा खासगरी बैंकींग प्रयोजनामा पूर्ण दृष्टिविहिन भएका व्याक्तिहरुले हस्ताक्षर गर्न नजान्दा बैंकींग पहुँचबाट समेत टाढा हुनुपर्ने बाध्यातलाई अन्त्य गर्नको लागि आयोजना गरिएको दृष्टिविहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष जीवन पोखरेलले जानकारी दिए ।

तालिममा पुर्ण दृष्टिविहिन भएका युवायुवतीहरुको लागि आफ्नो नामको अघिल्लो अग्रेजी अक्षर र थरको अघिल्लो अक्षरलाई तालिमको दौरानमा सिकाउने र सोही आधारमा हस्ताक्षरबाट नै बैंकींग खाता सञ्चालन लगायतका काम अगाडी बढाउने योजना रहेको अध्यक्ष पोखरेलको भनाई रहेको छ ।

तालिममा नेत्रहिन युवा संघ रुपन्देहीका सचिव ऋषिराम बिसी, नेत्रहिन क्रिकेट संघका एम्पायर खिमानन्द गैरे, नेत्रहिन युवा संघका सह सचिव समिक्षा ज्ञवाली, कोपीला घिमिरे लगायतले सहजीकरण गरेका छन् । अहिले पनि बैंकींग प्रयोजनको लागि खाता खोल्न जाँदा पूर्ण दृष्टिविहिन भएका व्याक्तिहरुले ल्यापे गरेर मात्रै खाता सञ्चालन हुँदै आएको छ भने अन्य डिजिटल उपकरण समेत चलाउनको लागि उनीहरु हस्ताक्षर सहितको खाता नभएको कारण बञ्चीत हुनुपरेको गुनासो रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित