भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणको काम तिब्र: पूर्व मुख्यमन्त्रीद्वारा स्थलगत निरीक्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगति बारे बुझ्न लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । भनवन निर्माणको काममा हालसम्म भएका प्रगति र अवस्था बारे जानकारी लिन स्थलगत निरीक्षणमा पुगेका गिरीले कामलाई थप तिब्रता दिएर समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरणका लागि आफूहरु तयार रहेको बताउँदै उनले प्रदेशको गौरवको अयोजनाका रुपमा रहेको योजनलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले निर्माण स्थलमा भएका प्रगती तथा अस्पालको स्वास्थ्य सेवा बारे जानकारी गराएका थिए । स्वास्थ्य सेवालाई असर नपर्ने गरी आवश्यक तारबार तथा ध्वनी र वायु प्रदुषण कमभन्दा कम हुनेगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको बताए ।

१२ तले अत्याधुनिक भवन निर्माणका लागि पूरानो संरचना हटाउने काम सकेर सिट पाइलिङको काम भैरहेको निर्माण कम्पनीका इन्जिनीयर गोपेश निरौलाले जानकारी गराए । दिन र रातको समयमा समेत काम भैरहेको बताउँदै उनले दैनिक १० वटासम्म पाइलिको काम भएको जानकारी गराए । संरचना निर्माणका लागि ६ सय बढी पाइलिङ गर्नुपर्ने बताइएको छ । ७५ जना जनशक्तिबाट तिब्रताकासाथ काम भैरहेको बताउँदे उनले वर्खाअघि नै पाइलिङको काम सम्पन्न गरी असारपछि एक्साभेशन फाउण्डेशन (भवन निर्माणका लागि मूल जग खन्ने) काम सुरु हुने बताए । यस अन्तरगत डबल बेसमेन्ट (जमिन मुनि बनाइने दुई तला) सहितको मुख्य भवनका लागि ६ हजार ७ सय स्क्वायर मिटर फाउण्डेशन खनेर तयार पारिने उनले बताए । यस्तै अर्को भवन अन्कोलजी ब्लकका लागि १७ सय स्क्वायर मिटर फाउण्डेशन खनेर तयार पारिने उनले बताए । यो भवनमा भने सिङ्गल बेसमेन्ट मात्रै रहने डिजाइन रहेको निरौलाले जानकारी दिए । दुबै भवनका लागि बेस फाउण्डेशन (हात्तिपाइले जस्तै जगमा ढलाई गर्ने काम) सुरु गर्ने समयमा जनशक्ति दोब्बरले वृद्धि गरी कामलाई थप तिब्रता दिने तयारीमा रहेको निरौलाले बताए ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अस्पतालको भवन निर्माण अघि बढेको हो । आयोजना साइड ईन्जिनीयर रमेश शर्माका अनुसा २ तला अन्डरग्राउण्ड (जमिनमूनि) हुने भएकाले कम्तिमा साढे ७ मिटर गहिरो जग खन्ने काम हुने छ । उक्त क्रममा पूरानो संरचना र वरीपरिका जमिनमा असर हुन नदिनका लागि २ वटा मेशिन ल्याएर ७ देखि १३ मिटरसम्म गहिरो पाइलिङको काम भैरहेको छ ।

एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक संरचना सहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ ।

अस्पतालको डिपिआर अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।
क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित