मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

राजीनामा दिएर बसेका मन्त्री अहिरले सम्हाले पद

जसपा विभाजनले लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुलाई सहज बनाएको छ । प्रदेशमा जसपाका तीन सांसद छन् । पार्टीको प्रदेश कमिटीमा उपेन्द्र यादव पक्षको बहुमत रहे पनि संसदीय दलमा इस्तियाक राई समूहको बहुमत छ ।

प्रदेश कमिटीले अहिलेको गठबन्धनसँग सहकार्य गर्न सहज नबनाएको भन्दै राई समूह पहिलेदेखि नै असन्तुष्ट थियो । तर, आइतबार पार्टी नै विभाजन भएर नयाँ समूह बनेपछि राई समूहमा रहेका सांसदहरुलाई एमाले0माओवादीसँग सहकार्य गर्न सहज भएको छ ।

सोमबार नै प्रदेश सरकारबाट बाहिरिएको जसपा पुनः सरकारमा सहभागी भएको छ । संसदीय दलका नेता भण्डारीलाल अहिर लुम्बिनी प्रदेश सरकारको मन्त्रीको रुपमा कार्यभार सम्हालेका छन । उनले पार्टीका प्रदेश अध्यक्षसँग कुनै सल्लाह नै नगरी मन्त्रालय सम्हालेका कारण पनि उनी नयाँ समूहमा गएको प्रस्ट हुन्छ । पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुनेगरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका हुन् । स्रोतका अनुसार अशोक राईको निर्देशनमा अहिरले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

राई नेतृत्वको समूहमा बाँकेका मोहम्मद इस्तियाक राई महासचिव छन् । जसपाका तीनै सांसद बाँकेका हुन् । बाँके २ को १ बाट निर्वाचित भण्डारीलाल अहिर, बाँकेको २ को २ बाट निर्वाचित आदेशकुमार अग्रवाल र समानुपातिकमा बाँकेकै अम्बिका काफ्ले सांसद छन् ।

पार्टीका प्रदेश अध्यक्ष अशोक यादवको दबाबमा सहमति कार्यान्वयन नभएको भन्दै बैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । अशोक उपेन्द्र यादव निकट हुन् । अहिरको राजीनामा स्वीकृत भएको थिएन । केन्द्रीय राजनीतिमा सो पार्टीभित्र विभाजन देखिएपछि लुम्बिनी प्रदेशमा समेत त्यसको प्रभाव देखिएको हो । राजीनामा दिएर सरकार बाहिर बसेका अहिर सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पदभार ग्रहण गर्दै जिम्मेवारी लिएका छन् ।

अहिरले राजनीतिक लाइन क्लियर गर्दै संस्थापन इतर समूहमा रहेको जनाउ दिएका छन् । उनले बहुमत जता हुन्छ, उतै आफू सहभागी हुने पनि बताए ।

‘कति दिन मन्त्रालयलाई बन्धक बनाएर राख्ने ? असन्तुष्टिहरु पनि विस्तारै मेटिँदै जान्छन्’, उनले भने, ‘हाम्रो पार्टीभित्र पनि समस्या देखिएको छ । कता जाने, के गर्ने भन्ने अझै निर्णय भइसकेको छैन । जता बहुमत हुन्छ, उतै जाने हो ।’

लुम्बिनी प्रदेशमा नयाँ समीकरणको आधारमा सरकार बनाउँदा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति थियो । तर, सो सहमति कार्यान्वयन नभएको भन्दै पार्टीको निर्देशनमा अहिरले बैशाख ८ गते राजीनामा गरेका थिए । तीन जना प्रदेश सांसद रहेको जसपाले २ वटा मन्त्रालयको दाबी गर्दै आएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित