तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

८० मिटर खनियो सिद्धबाबाको मुख्य सुरुङ, कसरी हुँदै छ काम?

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङमार्ग करिब ८० मिटर खनिएको छ। आयोजनाका अनुसार दक्षिणबाट ४६ मिटर र उत्तरबाट ३४ मिटर खनिएको छ।

बुटवलको सिद्धबाबामा ११ सय २६ मिटर लामो सुरुङमार्ग निर्माण भइरहेको छ। सुरुङमार्गमा ३ वटा बाइपास निर्माण गरिँदै छ।

आयोजनामा दक्षिणतर्फ २३ सय वर्ग मिटरमा स्लोपको काम हुँदैखछ। यसमा ९८९ वर्गमिटर सकिएको छ। दक्षिणतर्फ ११ सय वर्गमिटर काम भइरहेकोमा ४९५ मिटर स्लोपको काम सम्पन्न भएको छ।

आयोजनाको कुल भौतिक प्रगति करिब साढे ११ प्रतिशत पुगेको छ। वित्तीयतर्फको प्रगति १७.५ प्रतिशत भएको सुरुङमार्ग आयोजनाले जनाएको छ।

गत माघ पहिलो हप्ताबाट सुरुङ खन्न सुरु भएको थियो। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन सीएससीईसीले निर्माण गरिरहेको छ।

२०७८ मा ठेक्का सम्झौता भए पनि पूर्वतयारीमा धेरै समय लागेको थियो। सुरुङमार्गमा ड्रिल एन्ड विस्फोट गरी खनिरहेको छ।

आयोजनाको ठेक्का ७ अर्ब ३४ करोड रुपैयाँमा लागेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित