मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमीमा अब स्किन टेस्ट र एकेडेमी सेवा

बुटवल। बुटवल – ११ कालिकापथमा रहेको डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमीको स्किन केयर र एकेडेमीको शनिबार औपचारिक रुपमा समुद्घाटन भएको छ ।

बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा रिबन काटी सलुनको समुद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले बुटवलमा आफू जनप्रतिनिधि भैसकेपछि महिलाहरुलाई आत्मनिर्भर र रोजगार प्रदान गर्न सौन्दर्य कलाको रुपमा ब्युटी पार्लरलाई प्राथमिकताका साथ अगाडि बढाउँदै विभिन्न तालिमहरु प्रदान गरेको बताईन् । उनले नगरपालिकाले गत वर्ष  बुटिकको तालिम प्रदान गरेकोमा यस वर्ष फेसन डिजाइनको तालिम प्रदान गरी धेरै भन्दा धेरै महिला दिदीबहिनीहरुलाई यो पेशामा जोडेर रोजगार प्रदान गर्न सकिने बताईन ।

अर्यालले पछिल्लो समय देशभित्रै केही गर्न सकिन्न भनेर निराश मुद्रामा विदेशीने युवायुवतीलाई नेपालमै रहेर केही गर्नुपर्छ भन्ने दर्बिलो सन्देश प्रितिले दिएकोे बताउँदै अनवरतरुपमा व्यवसायिक सफलताको शुभकामना दिईन् ।

त्यस्तैगरी वरिष्ठ सौन्दर्य कला व्यवसायी एवं स्कीन एक्स्पर्ट पुनम श्रेष्ठ, सामाजिक संजालमा चर्चित गोमा ज्ञवाली र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका जिल्ला सदस्य जानकी नेपाललगायत बोल्दै व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

युवा उद्यमी प्रिति दुलालको एकल लगानीमा सञ्चालनमा ल्याएको सलुन तथा एकेडेमीमा अहिले सम्म करिब २० लाखको लगानी रहेको छ ।

गत भदौ महिनामा सञ्चालनमा ल्याईएको सलुनले सेवा दिइरहेको छ।

सलुनमा मेकअप स्टुडियो, स्कीन केयर र एकेडेमीको औपचारिक रुपमा सुरुवात गरिएको सञ्चालक प्रिति दुलालले बताईन ।

उनले करिब ४ वर्षमा स्कीन, मेकअप  र हेयरको तालिम प्राप्त गरी सलोन तथा एकेडेमी सञ्चालन गरेकी भने ९ वर्ष यहि पेशामा आबद्ध थिइन।

उनले एकेडेमीबाट २५ जनाभन्दा बढीलाई तालिम प्रदान गरिसकेकी छन।

सञ्चालक प्रिति  माइतको आमा दिलमाया दुलालको साथ र सहयोगले प्रिति यो अवस्थामा आउन सफल भएकी हुन् ।

उद्घाटनका दिन १ सय ८० जनाले स्किन टेस्ट सेवा लिएका छन भने पाल्पा, प्युठान, भैरहवा, कपिलवस्तुलगायतका जिल्लाबाट स्कीन टेष्टका लागि आएका थिए।वरिष्ठ सौन्दर्य कला व्यवसायी एवं स्कीन एक्स्पर्ट पुनम श्रेष्ठले पहिलो दिन स्किन टेस्ट गरेकी थिइन भने नियमित रुपमा सञ्चालक दुलालले नै टेस्ट गर्ने छिन।

सलुनमा ५ जना व्यक्तिले रोजगार प्राप्त गरेका छन् । कार्यक्रममा संस्थाका सञ्चालक प्रिति दुलालको अध्यक्षतामा कार्यक्रमको सञ्चालन पुजा पन्थीले गरेकी थिईन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित