रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

बर्दियामा एमाले महासचिव शंकर पोखरेल निकट प्यानल नै पराजित

नेकपा (एमाले) बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीको प्यानल नै विजयी भएको छ । दुईपटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलनिकट अधिकारीको प्यानल विजयी भएको हो ।

उनले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले पराजित गरे । अधिकारी निवर्तमान उपाध्यक्ष हुन् भने श्रेष्ठ निवर्तमान अध्यक्ष हुन् ।

अध्यक्षमा अधिकारीले १८० मत ल्याउँदा श्रेष्ठले १७० मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा दुर्गाबहादुर वलीले १७९ मत ल्याएर विजयी भएका छन् उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याएका छन् ।

सचिवमा पदमराज ढकालले १७६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नैनबहादुर खत्रीले १६८ मत ल्याएका थिए । उपसचिव खुल्लामा लालबहादुर प्यानलका लहनु थारूले १७८ मत ल्याएर विजयी हुँदा अधिकारी प्यानलका जीवन शाहीले १५८ मत ल्याएका छन् ।

महिला उपसचिवमा सगीता थारूले १८८ मत ल्याएर विजयी हुँदा मन्जु शर्माले १५१ मत ल्याएकी छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित