दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बर्दियामा एमाले महासचिव शंकर पोखरेल निकट प्यानल नै पराजित

नेकपा (एमाले) बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीको प्यानल नै विजयी भएको छ । दुईपटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलनिकट अधिकारीको प्यानल विजयी भएको हो ।

उनले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले पराजित गरे । अधिकारी निवर्तमान उपाध्यक्ष हुन् भने श्रेष्ठ निवर्तमान अध्यक्ष हुन् ।

अध्यक्षमा अधिकारीले १८० मत ल्याउँदा श्रेष्ठले १७० मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा दुर्गाबहादुर वलीले १७९ मत ल्याएर विजयी भएका छन् उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याएका छन् ।

सचिवमा पदमराज ढकालले १७६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नैनबहादुर खत्रीले १६८ मत ल्याएका थिए । उपसचिव खुल्लामा लालबहादुर प्यानलका लहनु थारूले १७८ मत ल्याएर विजयी हुँदा अधिकारी प्यानलका जीवन शाहीले १५८ मत ल्याएका छन् ।

महिला उपसचिवमा सगीता थारूले १८८ मत ल्याएर विजयी हुँदा मन्जु शर्माले १५१ मत ल्याएकी छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित