श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बुटवलको मिलनचोकमा खुल्यो २ करोडको लगानीमा महालक्ष्मी स्वीट्स

बुटवल । गुणस्तरिय, शुद्ध मिठाई र शुद्ध शाकाहारी पारखीहरुका लागि बुटवलको मिलनचोकमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको छ ।

मदुसुदन पाण्डे र पप्पुकुमार गुप्ताको २ करोडको लगानीमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको हो ।

स्वीट्सको औपचारिक शुभारम्भ भोली सोमबार हुँदैछ ।

स्वीट्सका सञ्चालक पप्पुकुमार गुप्ताले गुणस्तरलाई ध्यानमा राखेर आफुहरुले सेवा दिने बताए ।

अर्का सञ्चालक मदुसुदन पाण्डे शुद्ध मिठाईका परिकार र सत प्रतिशत शुद्ध शाहाकारी भोजनालय स्वीट्समा उपलब्ध हुने बताए ।

साथै उनले स्वीट्समा २० प्रकारका नमकिन बनाईने बताए । हाल स्वीट्समा ३० जनाले रोजगारी पाएका छन् । ६० प्रकारका विभिन्न स्वादमा मिठाई पाईने उनको भनाई छ । ‘हामीले ग्राहकको माग भएमा १२० प्रकारका मिठाई दिन सक्छौ । त्यो बाहेक फापरको रोटी पनि हामीकहाँ पाउँछ’ उनले भने ।

एकै पटकमा ४० जनाले सेवा लिन सक्ने गरी संरचना बनाइएको छ । स्वीट्सले उद्घाटनकाे अवसरमा एक महिना सम्म १० प्रतिशत छुट दिने बताएकाे छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित