तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

शिक्षकहरुलाई शिवराज नगरपालिकाको निर्देशन– ५ दिनभित्र राजनीतिक दल त्याग्नु

कपिलवस्तुको शिवराज नगरपालिकाले आफू मातहतका शिक्षक कर्मचारीलाई राजनीतिक दल परित्याग गर्न निर्देशन दिएको छ।

शिवराज नगरपालिकाले सूचना जारी गर्दै पाँच दिनभित्र पालिकामा रहेका विद्यालयका सबै शिक्षक कर्मचारीलाई दल त्याग गर्न निर्देशन दिएको हो।

केही दिनअघि शिक्षा मन्त्रालयले राजनीतिक दलमा आवद्ध रहेका शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको थियो।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको भए ५ दिनभित्र सो राजनीतिक दलमा राजीनामा बुझाई ५ दिनभित्र नगरपालिकामा पेश गर्न कर्मचारी तथा शिक्षकलाई नगरपालिकाले निर्देशन दिएको छ।

‘कुनै पनि शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता लिएको भए ५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजिनामा दिई सोको जानकारी यस कार्यालयमा पेश गर्न निर्देशन छ,’ मेयर अजय थापाले जारी गरेको सूचनामा भनिएको छ, ‘पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धि उजुरी आएमा कानुन बमोजिम कारबाहीका लागि सिफारिस हुने छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित