मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट

पाल्पाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा स्तरिय नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको छ ।

बुटवलका युवाहरु कृष्ण कुमाल र प्रतिक भट्टराईको संयुक्त लगानीमा नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको हो । बुटवल बाट आधा घण्टाको दुरीमा सजिलै पुग्न सकिने रिसोर्ट समुन्द्र सतह देखि ९५० मिटर उचाईमा रहेको छ ।

बुटवलको चर्को गर्मीबाट केही सित्तलता प्राप्त गर्न र रमाउन चाहनेहरुका लागि मध्यनजर गर्दै दुई युवाहरुले ९० लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन ।

रिसोर्टले एग्रो फार्म पनि सञ्चालन गरेको छ । रिसोर्ट सञ्चालक कृष्ण कुमालले बुटवलको कोलाज बाट केही टाढा रहेर रम्नेहरुका लागि रिसोर्ट उत्कृष्ट गन्तव्य रहेको बताए ।

रिसोर्टबाट रात्रिकालिन बुटवल पूरा देख्न सकिन्छ । गाउँले परिवेश रहेको रिसोर्टमा गुन्द्रीमा पलेटी कसेर खानपिनमा रमाउन सकिन्छ । साथै घोडा सवार गर्न पनि रिसोर्टमा पाईने उनले बताए । १० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा हाल ८ वटा मात्र कोठा छन् ।

रिसोर्ट बाहिर क्याम्पियन फायर गर्ने व्यवस्था समेत छ । त्यस्तै १५ वटा टेन्ट राखेर बाहिरै ग्राहकले रातीमा सुत्न पाउँछन् ।

अहिले रिसोर्टमा दैनिक २० देखि ५० जना सम्म पुग्ने गरेका छन् । सञ्चालक कुमालले यो अवस्थामा पनि रिसोर्टले गति लिनु सुखद भएको बताए । उनले अझै केही संरचना थप गर्न बांकी रहेको भन्दै पूर्ण क्षमतामा रिसोर्ट सञ्चालनमा आउन भने केही समय लाग्ने बताए ।

रिसोर्टमा मौलिक परम्पराका बस्तुहरु राखिएको छ । गुन्द्री, लान्टिन, डोका, थुम्सीले रिसोर्टलाई थप आर्कर्षित बनाएको छ ।

रिसोर्टका अर्का सञ्चालक प्रतिक भट्टराईले ग्राहकहरुलाई सन्तुष्ट दिने गरी आफुहरुले रिसोर्टमा नेपाली मौलिकतापन झल्काएको बताए । गाउँले परिवेशमा बनेको जस्तै रिसोर्टको भवनले धेरैलाई लोभ्याउने गरेको उनले बताए । रिसोर्टमा ५ जनाले रोजगारी पाएका छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित