रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य सिफारिस

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. तिलकराम आचार्य सिफारिस भएका छन्। रिक्त रहेको रजिष्ट्रार पदमा सिफारिसका लागि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए।

रजिस्ट्रार सिफारिस गर्ने अधिकार उपकुलपतिमा रहे पनि प्रधानमन्त्री र शिक्षा मन्त्रीले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी छनौट गर्ने परिपाटी बनाउनुपर्ने बताएपछि विज्ञापन गरिएको थियो।

चैत १८ गते प्रकाशित विज्ञापन अनुसार ९ जनाले दरखास्त दिएकोमा अन्तिम मूल्याङ्कनका लागि ७ जना छनौटमा परेका थिए। उनीहरूको वैशाख ८ मा अन्तिम मूल्याङ्कन भएको थियो।

मूल्याङ्कन समितिमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. रमेशचन्द्र पौडेल अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला र शिक्षाविद् प्रा.डा. पुष्कर बज्राचार्य सदस्य रहेको उपकुलपति कार्यालयले जनाएको छ।

मूल्याङ्कन समितिले गरेको अन्तिम मूल्याङ्कनबाट प्राप्त नतिजाका आधारमा उच्च अङ्क ल्याउने आचार्यलाई नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिएको विश्वविद्यालयबाट जारी गरिएको सूचनामा उल्लेख छ। उनले बौद्ध दर्शनमा विद्यावारिधि गरेका छन्।

उपकुलपति कार्यालयले प्रकाशित गरेको सूचनाको योग्यताक्रमको पहिलो नम्बर आचार्य रहेका छन्। दोस्रोमा प्रा.डा. नरेन्द्र कटुवाल छन्। उनले चिया खेतीका विषयमा विद्यावारिधि गरेका छन्। तेस्रोमा प्रा.डा. लालमणि पाण्डे छन्। उनी राजनीति शास्त्रमा विद्यावारिधि गरेका छन्। चौथोमा प्रा.डा. काजीराम अधिकारी फार्मेसी विषयका विद्यावारिधि रहेको बताइएको छ।

पाँचौँमा इन्द्र प्रसाद काफ्ले बौद्ध दर्शनमा स्नातकोत्तर हुन भने छैटौँमा रहेका डा. घनश्याम न्यौपाने र सातौँमा रहेका डा. गणेशप्रसाद घिमिरे नेपाली साहित्यमा विद्यावारिधि रहेका छन्।

मूल्याङ्कनका लागि दीर्घकालीन योजना र कार्य योजनासहितको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि ५० अङ्क छुट्टाइएको विश्वविद्यालय स्रोतले जनाएको छ। स्रोतका अनुसार शैक्षिक योग्यता बापत विद्यावारिधि गर्नेले १५ अङ्क र स्नातकोत्तर तहतर्फ १० अङ्क राखिएको थियो। त्यस्तै प्राध्यापकले १५ र सह प्राध्यापकले १० अङ्क तोकिएको बताइएको छ। अनुभवमा डिनभन्दा माथिल्लो पदमा रही काम गरेकाको हकमा प्रति वर्ष २ अङ्क, निर्देशक, परीक्षा नियन्त्रक भई कार्य गरेकालाई प्रतिवर्ष १ दशमलव ५ अङ्क र केन्द्रीय विभाग प्रमुख, सहायक डिन र क्याम्पस प्रमुखका हकमा प्रतिवर्ष १ अङ्क राखी २० पूर्णाङ्क तोकिएको जनाइएको छ।

सोही अङ्क र मूल्याङ्कनका आधारमा विश्वविद्यालयले योग्यता क्रम प्रकाशित गरेको छ। सिफारिसका आधारमा प्रधानमन्त्रीले ४ वर्षका लागि रजिस्टार नियुक्त गर्नेछन्। विश्वविद्यालयमा चैत १ गतेदेखि रजिस्टार पद रिक्त छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित