मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तिलोत्तमामा ४० करोडको लगानीमा बनेको दि क्राउन इन होटल सञ्चालनमा

रुपन्देहीको तिलोत्तमा स्थित जानाकारी नगरमा सुविधा सम्पन्न स्टार लेभलको दि क्राउन इन होटल सञ्चालनमा आएको छ ।

बुटवलका व्यवसायी अनन्त थैवको एकल लगानीमा पांच तारे होटल दि क्राउन ईन सञ्चालनमा आएको हो । ३ महिना अघि देखि सफ्ट सञ्चालन भएको होटल नयां बर्ष देखि पूर्ण रुपमा सञ्चालनमा आउने सञ्चालक अनन्त थैवले बताए।

नेपालमा केही गर्नुपर्छ भन्ने सोचका साथ थाईल्याण्डमा पढ्न गएको छोरा शान्तमलाई बोलाएर होटल सञ्चालन गरेको उनले बताए ।

४० करोड लगानी भएको होटलमा सेमि स्वीट, डिलक्स र सुपर डिलक्स गरी ४० कोठा छन् । स्थानिय तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा आएको होटल बाट ग्राहकले बेष्ट बेड, बेष्ट बाथ र बेष्ट ब्रोडव्याउण्ड प्राप्त गर्ने उनको भनाई छ ।

अहिलेको अवस्थामा आर्थिक मन्दी भएपनि यो समय लामो नरहने र भैरहवा स्थित गौतमबुद्ध विमानस्थल पनि केही समयमा पूर्ण क्षमतामा चल्ने विश्वासका साथ होटलमा लगानी गरेको उनले बताए । होटलका म्योनेजिङ डाइरेक्ट शान्तम थैवले ग्राहकहरुलाई सुलभ मुल्यमा गुणस्तरिय सेवा आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

उनले होटलबाट बेष्ट सर्भिस, बेष्ट सेक्युरिटी र बेष्ट सेफ्टीलाई उच्च प्राथमिकतामा राखेको समेत बताए ।

होटलमा सय जना क्षमताको फाईन डाईनिङ बार र ६० जना क्षमताको रुफ टप बार तथा ३५ जना क्षमताको विजनेश मिटिङ हल रहेको छ । हाल होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । २ कठ्ठा क्षेत्रफलमा बनेको ६ तले होटलबाट बुटवल र तिलोत्तमाको दृश्य सजिलै अवलोकन गर्न सकिन्छ । होटलका जनरल म्यानेजर देविलाल सोमैले प्रत्येक कोठामा पांच तारे स्तरको सुविधा रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित