तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा सानाे आकारकाे मन्त्रिमण्डल गठन हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सानो आकारको मन्त्रिमण्डल गठन हुँदैछ । शनिबार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका माओवादीका संसदिय दलका नेता जोखबहादुर महराले आज सानो मन्त्रिमण्डल गर्न गर्न लागेका हुन ।

पौने दुई बजे मुख्यमन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको सपथ लिनेछन् । त्यसपछि थप तीन मन्त्रीले सपथ लिनेछन् ।

पहिलो चरणमा सरकारमा माओवादी सहित नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा)ले सहभागिता जनाउँनेछ ।
माओवादीबाट दिपेन्द्र पुन मन्त्री बन्नेछन् । त्यस्तै एमालेबाट दलका उपनेता चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिर मन्त्रीबन्नेछन् ।

पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिने र बाँकी विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ।

केन्द्रमा सत्तागठबन्धनमा आएको फेरबदल सँगै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनितिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जनाको समर्थनमा माओवादी संसदिय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित