भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनीमा सानाे आकारकाे मन्त्रिमण्डल गठन हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सानो आकारको मन्त्रिमण्डल गठन हुँदैछ । शनिबार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका माओवादीका संसदिय दलका नेता जोखबहादुर महराले आज सानो मन्त्रिमण्डल गर्न गर्न लागेका हुन ।

पौने दुई बजे मुख्यमन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको सपथ लिनेछन् । त्यसपछि थप तीन मन्त्रीले सपथ लिनेछन् ।

पहिलो चरणमा सरकारमा माओवादी सहित नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा)ले सहभागिता जनाउँनेछ ।
माओवादीबाट दिपेन्द्र पुन मन्त्री बन्नेछन् । त्यस्तै एमालेबाट दलका उपनेता चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिर मन्त्रीबन्नेछन् ।

पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिने र बाँकी विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ।

केन्द्रमा सत्तागठबन्धनमा आएको फेरबदल सँगै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनितिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जनाको समर्थनमा माओवादी संसदिय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित